Photo of Milford Sound in New Zealand

जाजरकोट: यति बेला अधिकांशको घरमा दशैंको रौनक छ। तर कुशे ७ का दीपक हमाललाई भने छोरीलाई कसरी बचाउने भन्ने पिरलोले सताईरहेको छ। ओत लाग्ने घर र दुई छाक खानको गर्जो टार्ने खेतबारी बेचेर पनि छोरीको उपचार खर्च नपुगेपछि दीपक छोरीलाई बचाउन चन्दा माग्दै हिड्न थालेका छन्।

ब्लड क्यान्सर भएर काठमान्डौस्थित एक अस्पतालको शैयामा छट्पटाईरहेकी १४ बर्षीय छोरी एलिनालाई बचाउन बाबु दीपक यतिबेला जाजरकोट सदरमुकाममा चन्दा माग्दै हिडिरहेका छन्। ‘मलाई के को दशै घरखेत सबै गयो। ओत लाग्ने घर छैन। दुई छाक कसरी टार्ने कुनै टुङ्गो छैन। छोरी बाँचेको भए दशै त फेरी पनि मनाउँला नि’ उनले पिडा सुनाए।

कक्षा ९ मा पढ्दा पढ्दै बिरामी भएर थलिएपछि एलिनालाई उपचारको लागि काठमाडौं लगिएको थियो। एलिनालाई ब्लड क्यान्सर भएको पत्ता लागेपछि गत बैशाख देखि निजामति कर्मचारी अस्पतालमा उनको उपचार भइरहेको छ। अस्पतालका डा. विशेष पौडेलका अनुसार एलिना पूर्ण रुपमा स्वस्थ हुन लगातार दुई बर्ष उपचार गर्नुपर्ने हुन्छ।
चिकित्सकका अनुसार एलिनालाई उपचार गर्न थप २० लाख जति खर्च लाग्ने भएको छ। उपचारमा ठूलो रकम लाग्ने भएपछि बाबु दीपक निकै चिन्तित छन्। हालसम्म छोरीको उपचारमा ६ लाख बढी खर्च भैसकेको उनले बताए। ‘गाउँमा भएको पाँच रोपनी जग्गासहितको तीन कोठे घर विक्री गर्दा ३ लाख रुपैया आयो, थप ३ लाख गाँउलेबाट मासिक ३ प्रतिशत ब्याजले ऋण काढेर ल्याए, उनले भने ‘भएको श्रीसम्पति सबै बेचि सके अब कहाँबाट रकम जुटाउँ?’

आफ्नो जग्गामा उत्पादन भएको अन्नले ६ महिना पनि खाना नपुग्ने विपन्न परिवारका दीपकलाई उपचार खर्च कसरी जुटाउने र छोरी एलिनालाई कसरी बचाउने भन्ने चिन्ताले सताएको छ। विरामी छोरीलाई छाडेर उपचार खर्च जुटाउन उनी यतिबेला जिल्ला सदरमुकामतिर भौतारिरहेका छन्। ‘ऋण पनि कसैले दिदैन, तिर्ने पनि कसरी, चन्दा उठाएर भएपनि छोरीको उपचार गर्छु’ उनले भने। चन्दाबाट अहिले सम्म डेढलाखसंकलन भएको बताए।
काठमाडौंको कीर्तिपुरमा आफन्तको कोठामा छोरीलाई राखेका छन््। साताको दुई पटक अस्पताल लैजानुपर्छ। सामान्य किसान परिवारका दीपकलाई २० लाख जुटाउन निकै सकस छ। उनले भारी मन बनाउँदै भने ‘हे भगवान, मेरी छोरीलार्ई बचाईदेउ।’ अन्नपूर्ण पोस्ट बाट

The post ‘छोरीको उपचारमा घरखेत बेचिसके, अझै २० लाख कहाँबाट ल्याउँ?’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hyXKCo
via IFTTT
28 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top