Photo of Milford Sound in New Zealand

भदौ १४ को बिहान सुर्खेतबाट कालिकोट जाने क्रममा वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ना५ख १८८७ नम्बरको ट्रकका साहू तथा चालक लक्ष्मीप्रसाद आचार्यले ‘म तिम्रो घरसम्म पुर्‍याइदिन्छु बसमा पैसा किन तिर्ने’ भनेर आफ्नो ट्रकमा चढाएर ल्याएको मृतकका दाजु नाता पर्ने उपेन्द्र न्यौपानेले बताए ।

सबओभरसियर पढाउन बुवा लालु न्यौपानेले गत साउनमा ६० हजार रुपैयाँ ऋण खोजेर सुर्खेत पठाएका थिए । गाउँमा देवताको मेला (हलाढुंगा मालिका) को जात्रा हेर्न र दसैं मनाउन भनेर घर आउने क्रममा आचार्यले भाञ्जी नाता लगाई फकाएर ल्याएको उपेन्द्रले सुनाए ।

उपेन्द्रका अनुसार कर्णाली राजमार्गको गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएपछि सँगै जाउँला भनेर १५ गते बेलुका पहिरोले सडक अवरुद्ध भएपछि हिँडेर जान्छु भन्दा पनि आउन नदिएर उल्टो बाटो फर्काएर खिड्कीज्युला लगेर होटलमा बन्धक बनाएको उपेन्द्र बताउँछन् ।

‘आले होटलको एकान्त कोठामा लगेर बलात्कारपछि मर्न लागेपछि मुखमा विष हालेका हुन्,’ उनले भने, ‘१७ गते बिहान ५ बजे होटलका साहूलाई विष खाई भनेर सुतेको कोठाबाट उठाएर मिनी ट्रकमा हालेर जंगलमा फाल्ने उद्देश्यले ल्याउने क्रममा राकममा टायर पन्चर भएपछि स्थानीयले मरणासन्न अवस्थाकी युवती देखेपछि सोधीखोजी गर्दा विष खाएकी हो, औषधि गर्न ल्याएको भन्दै महतो मेडिकलमा लगेका थिए ।

आफन्तले सामूहिक बलात्कारपछि हत्या गरेको आशंका पनि गरेका छन् । मृतकका आफन्त लीलाराम न्यौपानेले सुनियोजित रूपमा सुर्खेतबाटै फकाएर ल्याई बलात्कारपछि हत्या गरेको बताए । नागरिक समाजका अगुवा दमनराज बमले बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाहीको माग गरे । ‘ट्रकवालाले पुरुषलाई इमर्जेन्सी छ भने पनि ठाउँ छैन भनेर चढाउँदैनन्,’ उनले भने, ‘महिला देखेपछि कहाँ जाने हो ? म पुर्‍याइदिन्छु भन्दै चढाउने गर्छन् ।

साबधान महिलाजनहरु अन्जान गाडि ड्राइभर र खलासिको कुनै भर हुन्न, झट्ट बिश्वास गर्नाले बलात्कारको शिकार र मृत्यु को मुखमा पुर्याउलान, बेलैमा बिचार पुर्याउन अनुरोध छ।

The post जनचेतनाको लागी सक्दो सेयर गरौँ ताकी यस्तो कुनै चेलीलाई यस्तो नहोस- दशैका लागि फर्केकि चेलीकाे यस्तो दुःखपूर्ण मृत्यु – यो कस्तो भाग्यकाे खेल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yjbfK7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top