Photo of Milford Sound in New Zealand

टोकियो –जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् ।

उनले केही वर्ष अगाडी देखि कोमुर नाम गरेका एक युवकसँग प्रेम गर्दै आएकी थिईन् । लामो समय पश्चात्को प्रेमलाई उनले विवाहमा परिणत गर्ने भएकी हुन् ।
माकोमा हजुरबा अर्थात् सम्राटले उनीहरूको विवाहलाई अनुमती दिएपश्चात् उनले कोमिर सँग विवाह गरी शाही हैसियत गुमाउदै विवाह गर्ने घोषणा गरेकी हुन् । सामान्य युवकसँगको विवाह पश्चात् उनले शाही सदस्यको हैसियत गुमाउने छिन् ।

आफु कोमुरको सुर्य झैको मुस्कानबाट प्रभावित भएको उनले पत्रकार सम्मेलनमा बताइन् । कोमुरले भने माकोलाई एक चन्द्रमा हुन् भन्दै प्रशंसा गरेका थिए ।
आफ्नो प्रेमको तुलनामा शाही हैसियत कम मुल्यवान रहेको बताउने उनी भन्छिन् कोमुरसँगको विवाह पश्चात् शाही हैसियत गुम्ने मलाई पहिले नै थाहा थियो । उनले थपिन् उक्त हैसियत गुमाउनु परेकोमा मलाई कुनै पनि पछुतो लाग्ने छैन ।

उच्च शिक्षाको अध्ययनका क्रममा उनीहरूबीच भएको भेट प्रेममा परिणत भएपछि दुवैले उक्त प्रेमलाई विवाहमा परिणत गर्ने कसम खाएका थिए । उनका प्रेमी एक कानुन व्यवसायी हुन् ।

The post प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी, सच्चा माया भनेको त यस्तो पो हुनु पर्छ .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gA3Kqr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top