टीकाको साइत शुभ साइतबारे आयो यस्तो खबर! कुन दिशा फर्किएर टिका लगाउदा राम्रो ? काठमाडौँ : नेपालीहरु को बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।टिका लगाउदा पूर्व्तिर फर्किएर टीका लगाउँदा राम्रो हुने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालय ले जनाएको छ ।
गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिए ।
विनियोजित बजेटको ७० प्रतिशतभन्दा धेरै रकम दसैँको पूजाआजा र बलिका लागि मात्र खर्च हुने गरेको छ । सरकारले हरेक वर्ष पूजा र बलिका लागि पाँच प्रतिशतले रकम बढाउने गरेको छ । नया पत्रिका दैनिकमा छापेको छ ।
The post टीकाको साइत शुभ साइतबारे आयो यस्तो खबर appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2xCZ2Cx
via IFTTT
0 comments:
Post a Comment