Photo of Milford Sound in New Zealand

एक कार्यक्रममा सहभागि हुन गुल्मी हिडेका महानायक राजेश हमाल बीच बाटोमै अलपत्र परेका छन् । तानसेन सडक खण्डको बीचमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १३ स्थित दुबीचौरको भँगेरीमा सुख्खा पहिरोले सवारी साधान आवत जावत गर्न नसकेपछि नायक हमाल अलपत्र परेका हुन् ।

धुर्कोट वडादशैं मेलाको अन्तिम दिन आज हमाल त्यहाँ पुग्ने कार्यक्रम रहेको छ । अन्य कुनै बिकल्प नभएपछि नायक हमाललाई पहिरोभन्दा माथि आधा घण्टाको उकाले हिडालेर दुबीचौरको घोर्लेसम्म ल्याउने र प्रहरी प्रशासन सहयोगमा धुर्कोट लैजाने तयारी गरिएको छ ।

टेलिफोन सम्पर्कमा नायक हमालले आफु हिडेर पनि धुर्कोट जान तयार रहेको बताए । उनीमात्रै नभएर दशैं मान्न आएका सयौं यात्रुहरु हिडेर घोर्लेसम्म आई अर्को गाडी चढने गरेका छन् । गत एक साता देखि बेला बेलामा अबरुद्ध र खुल्दै आएको सड्क बुधवार साँझदेखि बिहिवार सम्म ठप्प छ ।

बिहानैबाट सड्क खुलाउन २ वटा स्काभेटर प्रयोग गरेपनि खुल्ने संकेत देखिएको छैन । बिहानै देखि सडक खुलाउन खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले बताए ।lokaantar

The post गुल्मी हिँडेका महानायक राजेश हमाल पहिरोमा फसेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k2ZjsW
via IFTTT
28 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top