Photo of Milford Sound in New Zealand

काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ उक्त ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको पूर्व निर्धारित तालिका अनुसार नै गरिएको नेपाल आइडल आयोजकले जनाएको छ ।

यस्तो छ नेपाल आइडल आयोजकले जारी गरेको सूचना

सूचना

गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाका साथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ ।

यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लोगिन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भता लागि समाज बिगार्ने दलालबाट जोगियौ.

nepal_idol

The post खुशिको खबर : नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने appeared first on Taja nepali news.

http://ift.tt/2wG7Ox3

from SHYANE http://ift.tt/2wFlND7
via IFTTT
05 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top