Photo of Milford Sound in New Zealand

काठमाडौं, असोज ७ – उर्लाबारी मोरङका निशान भट्टराईले नेपाल आइडलको उपाधि नजिते पनि सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् । उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप उपाधिसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरे ।

नेपाल आइडलको अडिसनमा दिएको प्रस्तुति नै धेरैले मन पराएका छन् । उनले अडिसनमा चलचित्र माइतीघरको चर्चित ‘हेर धर्ती डगमगाई’मा प्रस्तुति दिएका थिए । अडिसनमै निशानलाई निर्णायकहरुले अहिलेसम्म कहाँ थियौ तिमी भनेर सोधेका थिए । ‘नेपाल आइडलका शान, निशान’ भनेर लोकप्रिय भएका निशान भट्टराईले सबै पकारका गीतहरुमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक तथा दर्शकको मन जितेका छन् ।

पटक–पटक डेन्जर जोनमा परे पनि निशानले आफूलाई नेपाल आइडलको फाइनलसम्म पुर्‍याउन निकै मेहनत गरे । ‘उकाली ओराली गर्दै’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘तुलसी आँगनमा’, ‘टाढा टाढा जानु छ साथी’, ‘आफ्नै गाउँ फर्की आएँ’ जस्ता गीतहरुमा दिएको प्रस्तुति निकै नै मन पराइएको छ ।

निशान भट्टराईले प्रारम्भिक शिक्षा उर्लाबारीकै भृकुटी मोडल एकेडेमीबाट लिएका थिए । सानैदेखि गीत संगीतमा रुचि देखाउने उनले विद्यालयबाटै संगीत सिकेका थिए । उनले विद्यालयमा विशाल राई र लिला पौडेलबाट संगीत सिकेका थिए ।

उर्लाबारीमै रहेको बिहानी कला केन्द्रमा कमला खनाल र यशोदा शाक्यसँग पनि संगीतको प्रशिक्षण लिएका थिए । भृकुटी माध्यमिक विद्यालयबाट उच्चमाध्यमिक तहको शिक्षा पूरा गरेका निशान अहिले काठमाडौंको शंकरदेव क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत छन् । अहिले उनले मनोजराज शिवाकोटीसँग संगीत सिकिरहेका छन् ।

हरेक दिन बिहानै उठेर रियाज गर्ने निशानले संगीत र अध्ययनलाई सँगसँगै लगेका छन् ।

The post यस्तो छ उर्लाबारीदेखि नेपाल आइडलको फर्स्ट रनर अपसम्मको निशानको यात्रा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jSg7D5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top