Photo of Milford Sound in New Zealand

सोल—अमेरिकी सेनाभित्र एउटा यस्तो विशेष कमान्डो छ जसप्रति अमेरिकी प्रशासन धेरै भरोसा गर्दछ। त्यसको नाम हो सिल कमान्डो। पाकिस्तानको एबट्टाबादमा ओसामा बिन लादेनलाई हत्या गर्न पनि अमेरिकी सेनाले त्यही कमाउन्डोको प्रयोग गरेको थियो।

अहिले आएर उत्तर कोरियालाका सर्वोच्च नेता किम जोन उनको हत्या पनि त्यही कमाउन्डोले गर्न लागेको हो भन्ने किसिमका चर्चाहरु सुरु भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्योङयाङविरुद्ध सैन्य कारवाहीको चेतावनी दिइरहेका बेला किम हत्याको समाचार चर्चामा आएको हो।
दक्षिण कोरियाको एक पत्रिकाले कमाउन्डो सिक्सलाई किम जोन उन हत्याको लागि सुपारी दिइएको समाचार प्रकाशित गरेको छ।

जसरी ओसामालाई मारिएको थियो, सद्दाम हुसेनप्रति बन्दूक ताकिएको थियो, गद्दाथफीलाई घुँडा टेकाइएको थियो त्यसरी नै अब किमविरुद्ध सिल कमान्डो परिचालन हुनेछ।

अमेरिकी गुप्तचर संस्था सिआइए तथा दक्षिण कोरियाली खुफिया एजेन्सी दुवैले किम हत्याका लागि यो कमान्डोलाई सुपारी दिएका हुन्। यो कमान्डो काम कारवाही अति गोप्य हुने गरेको छ।

कहाँ कहिले के कारवाही हुँदैछ भन्ने विषय अत्यन्त गोप्य राखिन्छ। यो कमान्डोको आक्रमण पूर्वजानकारी दिएर हुने गरेको छैन। तर जब आक्रमण गर्छ जिम्मेवारी पूरा गरेर फर्किन्छ।

मे २०११ मा यो सिल कमान्डो लुकिछिपी पाकिस्तानको एबट्टाबाद प्रवेश गरेको थियो। ओसामाको लाश लिएर फर्किएको थियो। उसले कसरी कारवाही गर्‍यो? कसरी हत्या गर्‍यो भन्ने विषय सबै गोप्य राखिएका छन्। यो खुफिया अपरेसनबारे कहिलै पूर्व जानकारी दिइँदैन।

तर उत्तर कोरियाली सर्वोच्च नेता किम हत्याको तयारी भइरहेको समाचार दक्षिण कोरियाको जुंगआंग दैनिकले प्रकाशित गरेको हो। नेवी सिल कमान्डोको टुकटी टिम सिक्स यो मिसनमा काम गरिरहेको सो पत्रिकाले सार्वजनिक गरेपछि विश्वभरि एउटा नयाँ तरंग फैलिएको छ।

उत्तर कोरियाको समाचार संस्थाहरुले समेत सो पत्रिकाको समाचारलाई पत्याएको देखिएको छ। समाचार प्रकाशनपछि किमको सुरक्षा कडा पारिएको छ।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार मार्शल किम जोन उनले नेवी सीलको अपरेसनबारे तथ्यगत सूचना संकलन गर्न आदेश दिएका छन्। तत्कालको खतरालाई ध्यानमा राख्दै किमका सुरक्षा सल्लाहकारले उनलाई भिडभाडबाट टाढै रहन सल्लाह दिएका छन्।

सिल सिक्स कमान्डोबारे अरु जे जति चर्चा भए पनि उसले दक्षिण कोरियाली सेनाका साथ संयुक्त सैन्य अभ्यास गरेको छ। यो खबरलाइ किम तथा उनका सुरक्षाकर्मीले गम्भीरताका साथ लिएका छन्।

उत्तर कोरियाको विश्लेषण छ कि दक्षिण कोरियाको बाटो हुँदै सील कमान्डो प्याङयाङ तथा किमको महलसम्म पुग्न सक्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्योङयाङविरुद्ध सैन्य कारवाहीको चेतावनी दिइरहेका बेला किम हत्याको समाचार चर्चामा आएको हो।
यस्तो छ किम जोङ उनको सुरक्षा व्यवस्था

कोरिया-अमेरिका र उत्तर कोरियाबीच तनाब छ। दुई देशको तनाबका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच मौखिक लडाईँ त जारी नैछ। किम जोन आफैमा एक रहस्यमयी नेताका रुपमा रहेका छन्। उनको जीवनबारे निकै कम मात्र थाहा छ। यसले गर्दा विश्मा उनी पर्दा भित्रै छन्।

अमेरिकालाई चुनौति दिने यी युवा नेताको सुरक्षा कस्तो होला? यो विश्व भर चासोको विषय बनेको छ। विदेश भ्रमण गर्न नरुचाउने उनका समय समयमा तस्बिर सार्वजनिक हुने गर्छन्।

एक रिपोर्ट अनुसार उनको सुरक्षाको लागि सैनिक निपूर्णता भएका व्याक्ति मात्र होइन विचारधारामा पनि स्पष्ट भएका सैनिक खटिने गर्छन्।

कम्युनिष्ट व्यवस्था रहेको उत्तर कोरियाका सर्वोच्च नेताको सुरक्षाको लागि विचारधारामा प्रतिवद्ध सैनिक सहित अन्य सैनिकको घेरा समेत रहने गर्छ। सशस्त्र सहित विना हतियारका सुरक्षाकर्मी समेत उनको सुरक्षामा खटिने गर्छन्।

उनले सुरक्षाको यति सम्म ख्याल गर्छन् की टोलीमा उनको ‘डवल पार्ट’ समेत हुने गर्छ। जसका कारण कसैले किम को हुन् भन्ने चिन्न नसकोस्। सार्वजनिक कार्यक्रमहरुमा जाँदा समेत निकै सचेत रहने उनको पूर्व सुरक्षा तयारी समेत निकै कडा हुने गर्छ।

किम आफ्नो हत्या हुन सक्ने डरमा सँधै रहने रिपोर्टहरु आउने गर्छन्। उनका हजुर बुवा र बुवा पनि यो विषयमा सचेत थिए। उनका पूर्वजहरु सुरक्षाको यति सावधानि अपनाउँथे की हवाइ जहाजको यात्रा नगरि रेलमा यात्रा गर्थे। नागरिक न्युज बाट

The post बिन लादेन हत्या गर्ने अमेरिकी सैन्य कमान्डो किम जोन उनविरुद्ध परिचालन: किम लाइ मार्ने अनेक विकल्प appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xLsDcj
via IFTTT
29 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top