Photo of Milford Sound in New Zealand

काठमाडौं,९ असोज | प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

उनलाई जिताउनका लागी उनका आफ्नो समर्थक तथा फ्यानहरुले “बुद्ध लामा जिताउ अभियान ” संचालन गरेर मात्र अमेरिका बाट नगद सहयोग गरेका थिए |

अमेरिका मात्र ९ लाख रकम उठेकोमा पोखरा र काठमाडौमा ४ लाख ४० हजार चारसय चालीस गरि दुई ठाउँमा पठाईएको थियो जसमा पोखरा को नेतृत्व तामाङ सोसाइटी अफ अमेरिका का माहासचिव अमर तामाङ ज्यु ले गर्नु भएको थियो भने त्यसै गरि काठमाडौ को नेतृत्व दिपेन्द्र लामा ज्युले गर्नु भएको थियो ।

यसरी सहयोग रकम उठे संगै कास्कीका तामाङ बिद्यार्थी घेदुङ अध्यक्ष रेसम तामाङले “बुद्ध लामा जिताउ अभियान” सहयोग पुर्याउने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्नु भएको छ साथै उक्त उठेको रकम बुद्ध लामाको भोटको लागि खर्च गरिएको समेत जानकारी गराउनु भएको छ |sajhapage

The post खुसीको खबर ! बुद्ध लामालाई समर्थक बाट मात्र ९ लाख रुपैयाँ प्राप्त appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2whW6Yo
via IFTTT
25 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top