Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ भदौ । बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को ट्रेलर युट्युबको नम्बर वान ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर नम्बर वानमा परेको हो । बुधबार साँझ सार्वजनिक भएको ट्रेलर अहिलेसम्म ४ लाख ६२ हजार बढीले हेरिसकेका छन् ।

ट्रेलरलाई १० हजारले लाइक गरेका छन् भने एक हजारले डिसलाइक गरेका छन् । ट्रेलरलाई १ हजार ६१० जनाले कमेन्ट गरेका छन् । छोटो समयमै युट्युबमा साँढे चार लाख भ्यू पाएर यो ट्रेलरले नयाँ रेकर्ड समेत बनाएको छ । चलचित्र आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने छ । दिपाश्री निरौला निर्देशित फिल्ममा प्रियंका कार्की, विल्सन विक्रम राई, दीपकराज गिरी र बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, किरण केसीलगायत कलाकारको अभिनय रहेको छ । भिडियो

The post ‘छक्का पञ्जा २’ को ट्रेलर युट्युबको एक नम्बर ट्रेन्डिङमा (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wIM4lv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top