Photo of Milford Sound in New Zealand

नेपालगन्ज २५ भदौ । नेपालगन्जको पुप्पलालचोकका विभिन्न पाँचवटा पसलमा आइतबार अपरान्ह आगलागी भएको छ । आगलागीबाट लाखौंंंको नोक्सानी भएको छ । आगलागीबाट अनुमानीत साढे ५१ लाख वरावर नोक्सानी भएको बाँके प्रहरीले जनाएको छ । अम्वे अटो पाटर््सबाट सुरु भएको आगलागीले दायाँबायाँका पसलहरुमा पनि क्षती पु¥याएको बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिएका छन ।

आगलागीकाट ऋतु किराना पसल, बराल रिकण्डिसन, अनसारी अलमुलियम र न्यू सुर्खेती रेष्टुरेण्टमा जलेर ध्वस्त भएको छ । अम्बे अटोमा मर्मतका लागि राखिएका तीनवटा मोटरसाइकल र एउटा स्कुटर जलेको छ । अम्बेका सन्चालक दिनेश गुप्ताका अनुसार आप्mनो पसलमा मात्रै १८ लाखको नोक्सान भएको वताए । पसलधनीहरुका अनुसार सुर्खेती रेष्टुरेण्टमा दुई लाख, बरालमा ८ लाख, ऋतु पसलमा ३ लाख क्षती भएको छ ।

दुईवटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो ४० मिनेट पछि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख तामाङले वताए । मोटरसाइकल मर्मतका क्रममा चुहिएको पेट्रोलबाट अचानक आगो फैलिएको अम्वेका सन्चालक गुप्ताले वताए । प्रहरीले मोटरसाइकल मर्मतमा खटिएका एकजना मिस्त्रीलाई नियन्त्रणमा लिएको छ । etajakhabar

The post दुख्द खबर : दशै आउनै लाग्दा आधा दर्जन पसलमा आगलागी, आगलागीबाट लाखौँको नोक्सानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wS2zf5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top