Photo of Milford Sound in New Zealand

एजेन्सी, भदौ ३१
महिनावारी हुँदा आममहिलामा विभिन्न शारीरिक साथै मानसिक पीडा पनि हुन्छ । त्यसक्रममा महिलाले आफ्नो पुरुष साथीबाट सहयोग र विशेष सहानुभूतिको अपेक्षा गरेका हुन्छन् । यदि त्यसो भए उनीहरूले निकै रातह अनुभूत गर्ने विभिन्न अध्ययनबाट पनि पत्ता लागेको छ ।

महिनावारीक्रममा पुरुषले के गर्ने ?

बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधिको रूपमा व्यवहार गलत हो ।

महिलाले यस्तो बेला किचनमा जान नहुने, खानपिनका वस्तु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार नभएको पनि उनी बताउँछिन् ।

पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।

मुडलाई बुझ्नुहोस्

महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्छ । उनको मुड बुझेर आपसी सहयोग गर्नुहोस् । मिठो बोल्नुहोस् ।

हट वाटर ब्याग दिनु उत्तम

महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा मानिन्छ । हट वाटर ब्यागमार्फत् पेट दुखाइबाट धेरे हदसम्म राहत मिल्छ । यसको व्यवस्था गर्नुपर्छ ।

डार्क चकलेट खुवाउनुहोस्

डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मुड खुलाउँछ भन्ने विज्ञहरू बताउँछन् ।

तरकारी र फलफूलमा विशेष जोड

केरा, मेवालगायत फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्छ । यस्तो बेला अन्य समयमा भन्दा बढी नै तरकारी तथा फलफूल खुवाउनुपर्छ ।

मसाज गर्नु फाइदाजनक

महिनावारीको समयमा महिलालाई कम्मर दुख्नेलगायत समस्या हुने आउनसक्छन् । त्यसो भए तपाईंले हल्का हातको मसाज गरिदिनुस्, उनलाई निकै राहत मिल्छ ।

व्यायाम गराउनुहोस्

हलुका व्यायाम वा योगाबाट पेट र ढाड दुखाइबाट राहत प्राप्त हुन्छ । यसमा पनि ध्यान दिए राम्रो मानिन्छ ।

धेरै पानी पिउन लगाउनुहोस्

महिनावारी हुँदा शरीरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने बताइन्छ । तसर्थ, पानीको मात्र धेरै हुनु आवश्यक हुन्छ ।

आराम गर्न दिनुहोस्

महिलालाई महिनावारी हुँदा धेरै काम नलगाउनुहोस् । यस्तो बेला बढीभन्दा बढी आराम चाहिन्छ ।

चिया–कफी वा मसालेदार खानेकुरा बेठीक

मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउँछ । यस्ता खानेकुरा महिनावारीको समयमा नदिनु राम्रो ।

डाक्टरलाई भेट्नुहोस्

यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानु बुद्धिमतापूर्ण हुन्छ ।koshionline

The post श्रीमती महिनावारी हुँदा श्रीमानले गर्नुपर्ने यी १० काम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w1yczW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top