Photo of Milford Sound in New Zealand

काठमाडौं: एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को ग्रान्ड फिनाले कतारको दोहामा केहीबेरमा सुरु हुँदैछ।

नेपाली समय अनुसार साँझ ८: ४५ बजे दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलबाट प्रत्‍यक्ष प्रसारण हुने एपी वान टेलिभिजनका निर्देशक पौडेल नेपाल जानकारी दिए।

आइडलको उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास भिड्दैछन्। आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ।यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको दमदार प्रस्तुति रहने छ।

यसअघि नेपाल आइडलको कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष रामेश्‍वर थापाले माला र खादा लगाएर बिदाई गरेका थिए। LIVE VIDEO

The post नेपाल आइडलको ‘ग्रान्ड फिनाले’ कतारमा सुरु हुँदै, कस्ले मार्ला बाजी ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2feZNXU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top