Photo of Milford Sound in New Zealand

(सिनेपाटी )

विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् । आज हामी चर्चा गछौँ , ९ त्यस्ता डरलाग्ने चलचित्रहरुको बारेमा जसले दर्शकलाई डराउन समेत सफल भएको छ भने अवार्ड पनि हात पार्न सफल भएको छ ।

१। दि एक्जारसिस्ट

बिश्वभर प्रख्यात अवार्डको रुपमा मानिन्दै आएको ओस्कार अवार्डमा नोमिनेशनमा पर्ने सफल भएको ‘दि एकजारसिस्ट’ १९७४ मा बनेको हो । यो अमेरिकाको पहिलो ओस्कार नोमिनेसनमा परेको चलचित्र हो । चलचित्रमा एउटी केटीको शरिरमा प्रेतको साया पर्ने र त्यो सँग लड्नुलाई डरलाग्दो तरिकाबाट देखाइएको छ । यसै चलचित्रको कथालाई लिएर राम गोपाल बर्माले बलिउडमा ‘भुत’ नामक चलचित्र बनाएका छन् ।

२। ईविल डेड

सन् १९८१ मा ‘ईविल डेड’को पहिलो सिरिज आएको थियो । एक प्रेत आत्माको किताव जसमा शैतानी आत्मा एक लोकबाट अर्को लोकमा आउने जाने गर्छन् । उसलाई जंगलमा लुकाइएको थियो । केही बर्षपछि एउटा समुहले त्यो किताव खोल्छ । २०१३ मा रिबुट गरिएको यो फिल्म देश विदेशमा समेत केही अवार्ड जितेको छ ।

३। कन्ज्युरिङ

हलिउड चलचित्र ‘कन्ज्युरिङ’ लाई ओस्कार अवार्ड नमिलेता पनि यसलाई क्रिटिक्सले सबैभन्दा डराउने चलचित्रको रुपमा घोषित गरेको थियो । चलचित्रमा भुतप्रेतलाई समात्ने एक जोडीको बारेमा आधारित छ । यो चलचित्र प्रदर्शन हुदाँ एक्लै नहेर्न आग्रह गरिएको थियो ।

४। दि रिङ्ग

सन् २००२ मा रिलिज भएको अमेरिकी चलचित्र ‘द रिङ’ एक जापनिज चलचित्रमा आधारित छ । यो चलचित्रले देश बिदेशका केही अवार्डहरु समेत जितेको छ ।

५। स्लीपी होलो

१९९९ मा रिलिज भएको ‘स्लीपी होलो’ एक अमेरिकी हरर चलचित्र हो । यो चलचित्रले ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

६। ड्रैकुला

सन् १९९२ मा रिलिज भएको चलचित्र ‘ड्रेकुला’ ब्रेम स्टोकरको चलचित्रमा आधारित छ । यो चलचित्रले स्ट्युम, मेकअप र साउण्डबाट तीन ओस्कार अवार्ड जितेको छ ।

७। साईलेन्स अफ दि लेन्ब्स

एक रियिल किलरको काहानीमा आधारित रहेको चलचित्र ‘साइलेन्स अफ दि लैन्ब्स’ले सर्वश्रेष्ठ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री र स्क्रिनप्लेबाट ओस्कार अवार्ड जितेको छ ।

८। रोजमैरी बेबी

निर्देशक रोम पोलास्कीको निर्देशनमा बनेको चलचित्र ‘रोजमैरी बेबी’ सन् १९७८ मा प्रदर्शन भएको थियो ।
यो चलचिले एक ओस्कार र एक गोल्डन ग्लोब अवार्ड जितेको थियो ।

९। भूत

राम गोपाल वर्माको चलचित्र ‘भूत’बाट उर्मिलालाई फिल्म फेयर अवार्ड हात पारेको थियो ।। यो चलचित्र अमेरिकी फिल्म ‘दि एक्जारसिस्ट’ प्रेरित हो ।

The post यी हुन् विश्वकै ९ डरलाग्दा चलचित्र, जुन एक्लै बसेर हेर्न मुस्कील छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hkSimp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top