Photo of Milford Sound in New Zealand

पोखरा २६ भदौ । एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेमा प्रवेश गरेका पोखरेली प्रतिभा गायक बुद्ध लामा मंगलबार पोखरा आउनेभएका छन् । बुद्धको पोखरामा भव्य स्वागत गरिने ‘बुद्ध लामा जिताऔं’ अभियानका महासचिव मन क्षेत्रीले जानकारी दिएका छन् ।ग्राण्ड फिनाले प्रवेशपछि आफ्नो गृहनगर पोखरा झर्न लागेका बुद्धसंगै रियालिटी सो संग सम्वन्धित अन्य प्रतिनिधीसमेत हुनेछन् ।

फाइनल प्रतिष्प्रर्धामा आफ्नो लागि भोट अपिल तथा गृहनगरमा हुने उनको भव्य स्वागतको छायाङ्कन गर्न शो का प्रतिनीधि उनीसंगै पोखरा झरेका हुन् । मंगलबार बिहान ८ बजे पोखरा एअरपोर्ट झर्ने बुद्धलाई बाजागाजासहित स्वागत गरिने छ । स्वागत पश्चात पृथ्वीचोक सभागृह चोक, सिर्जनाचोक हुँदै ¥यालीसहित पोखराको जनप्रिय चोकमा बुद्धको कन्र्सट समेत आयोजना गरिएको ‘बुद्ध लामा जिताऔं’ अभियानका संयोजक नवराज बरालले बताए ।
हजारौ प्रतिष्प्रर्धीलाई पछि पार्दै ग्राण्ड फिनाले प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । टप थ्रि प्रवेश गर्दा अन्य प्रतिष्प्रर्धीलाई करिब २ लाख भोटअन्तर राखेका बुद्धलाई सम्भावित पहिलो नेपाल आइडलका रुपमा हेरिएको छ ।

The post नेपाल आइडलका प्रतिस्पर्धी बुद्ध लामा मंगलबार गृहनगर पोखरा आउने.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xggvjC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top