Photo of Milford Sound in New Zealand

सुपरस्टारको उपाधी पाएका नायक भुवन केसी र नायक दीलिप राइमाझीको एकै दिन जन्म परेको छ । संजोग नै भन्नु पर्छ दुवै नायकको जन्मदिन असोज १ गते परेको छ । करिब २० वर्षको उमेर अन्तर रहेका यि दुई नायक आआफ्नो समयमा निकै नै लोकप्रिय कलाकार हुन् ।

भुवन केसी : यो नाम सुन्ने वित्तिकै कन्र्टोभार्सी , रोमान्स र महिला पात्रको नाम जोडिएर आउछ । नेपाली सिने इतिहासमा किर्तिमानी सफल सिनेमा दिने नायकको रुपमा भुवनले नाम लेखाए पनि उनले आफ्नो नाम प्रतिको श्रद्धा जोगाएर राख्न नसकेको आरोप लगाउने गरेका छन् । खास उनी बहुविवाहका कारण चर्चा र विवादमा परे भने महिला संगको अक्तिरिक्त सम्बन्ध भएको बेलाबखतमा आउने खबरका कारण उनी विवादमा तानि रहे ।

दक्षिणा , चिनो , कुसुमे रुमाल जस्ता सफल सिनेमा दिएका अभिनेता भुवन तीन सन्तानका पीता पनि हुन् । धेरैले उनका छोरा अनमोल केसीलाई मात्रै याद गर्छन् । तर उनका फरक फरक श्रीमतीबाट बिवेक केसी , अनमोल केसी र काजोल केसी गरी तीन सन्तान रहेका छन् ।
दीलिप राइमाझी : विशेष गरी नाचको पारखीका लागि आइडल नायक हुन् दिलिप राइमाझी । उनी खासमा कोरस नाच गर्दै सिनेमा क्षेत्रमा नायक भएका हुन् ।

कुनै समय उनको कपालको शैली र नाँचको शैलीलाई धेरैले पछ्याउने गर्दथे । न्यृत्यमा पारंगत दिलिपले मञ्जु राइमाझीसंग वैबाहिक सम्बन्ध गाँसेका छन् भने उनकी दिव्या नाम गरेकी एउटी छोरी पनि छन् । खास सिनेमा हेर्ने दर्शकको रुचि परिवर्तन भए संगै उनले आफूलाई परिमार्जन गर्दै लैजान नसक्नु नै पछिल्लो समयमा उनी असफल भएको मानिन्छ । दर्पणछायाँ , जीन्दगानी , बाटोमुनीको फूल २ जस्ता दर्जनौँ सिनेमामा काम गरेका दीलिप केही समय अघि परिवार सहित अमेरिका हानिएका छन् ।

यता चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाको पनि आजै जन्मदिन परेको छ । सिने नगरीका यि हस्तिहरुलाई जन्मदिनको हाम्रो तर्फबाट धेरै शुभकामना ।

The post भुवन केसी र दिलिप राईमाझी कति बर्ष भए ? आज नायक भुवन केसी र नायक दीलिप राइमाझीको जन्मदिन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yjX1ZR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top