Photo of Milford Sound in New Zealand

यो बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले औषत प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो ।

विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ । चलचित्रमा गौरव पहारी, रवि ढंगोल, आयुष्मान देशराज लगायतका कलाकारलाइ पनि केमियो भूमिकामा देख्न सकिन्छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा वैदेशिक रोजगारको कथालाइ नै उठान गरिएको छ । चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवादहरुले दर्शकलाइ हसाँउनेछन् । जसकाकारण, यसपटक पनि ‘छक्का पन्जा २’ दर्शकका लागि विशेष रहने पक्का छ । चलचित्रमा दीपकराज गिरीको पटकथा, विकास आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । दशैको अवसर पारेर असोज ११ गतेबाट यो चलचित्र रिलिज हुनेछ । हेर्नुहोस भिडियो

The post यस्तो छ ‘छक्का पन्जा २’को हेर्नुहोस ट्रेलर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gGAq1A
via IFTTT

0 comments:

Post a Comment

add

 
Top