Photo of Milford Sound in New Zealand

आश्विन ६, २०७४-भर्खर १६ वर्ष पुग्दै गरेकी दलित समुदायकी उनी अविवाहित थिइन् । गाउँकै गैरदलित एक विवाहित युवकले ललाई–फकाई यौनसम्बन्ध राखे । किशोरी गर्भवती भइन् । घटना सार्वजनिक भएपछि पाँचौं महिनामा ती युवक गाउँ छाडेर भारत पसे ।

यता विपन्न परिवारकी किशोरी अलपत्र परिन् ।

नवौं महिना पुगेपछि सुत्केरी व्यथा सुरु भयो । अभिभावकले घरमै सुत्केरी भइहाल्लिन् भन्ने ठानेर स्वास्थ्यसंस्था लैजाने सुरसार गरेनन् । पीडा असह्य हँुदै गएपछि बल्ल पाँचौं दिन करिब ७ घण्टाको दूरीमा पैदल बोकेर कोल्टीस्थित स्वास्थ्यसंस्था पुर्‍याइयो । त्यतिन्जेल ढिलो भइसकेको थियो ।

‘ढिलो गरी ल्याइएको र शल्यक्रिया गर्ने सुविधा नभएकाले उनलाई बचाउन सकिएन,’ डा. विजयकुमार साहले भने, ‘शिशुको गर्भमै मृत्यु भएर गन्हाउने अवस्था थियो । आमालाई बचाउन शल्यक्रिया गर्नुको विकल्प थिएन ।’ तर, कोल्टीमा शल्यक्रियाको सुविधा छैन ।

हिमाली गाउँपालिका–६ पाणी गाउँकी १६ वर्षीया सिद्धा विकको बच्चा जन्माउन नसकेरै बिहीबार बिहान मृत्यु भयो । बुधबार साँझ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि ढिलो भएकाले चिकित्सकले बचाउन सकेनन् । स्वास्थ्यकर्मीले उपचार हुन नसक्ने बताउँदै बुधबार नै रिफर गरेका थिए । अभिभावकले कोल्टी विमानस्थलबाट नेपालगन्ज लैजान जहाज कुर्दाकुर्दै सिद्धाको मृत्यु भयो । ‘प्रसूति भइहाल्छिन् भन्ने सोचेर सुरुमा घरमै कुर्‍यौं, कोल्टी पुर्‍याउँदा डाक्टरले ढिलो भयो भनेपछि जहाजको बाटो हेर्दाहेर्दै मृत्यु भयो,’ भाइ प्रशान्तले भने, ‘समयमा जहाज आएन, अन्य वैकल्पिक उपाय पनि भएन ।’ सदरमुकाम मार्तडीमा शल्यक्रियासहितको सेवा उपलब्ध छ । तर, कोल्टीबाट त्यहाँ पुग्न एक

दिन हिँड्नुपर्छ ।

सिद्धाले गर्भ बोकेको सार्वजनिक भएपछि गाउँकै २६ वर्षीय श्रीचन्द्र रोकायाले संलग्नता स्विकारेको प्रशान्तले बताए । रोकाया दुई छोरीका बाबु हुन् । उनले सिद्धालाई जिम्मा भने लिएनन् । विपन्न दलित परिवार भएकाले अभिभावकले न्यायिक निकायमा उजुरीसमेत गर्न सकेनन् । ‘बाबु भारतमा चौकीदारी गर्न गएकाले उजुरबाजुर गर्ने हिम्मतै भएन, उनी भागेर गइहाले’, प्रशान्तले भने ।

जिल्लामा परिबन्धमा परेकाबाहेक कलिलो उमेरमा गर्भवती भएर प्रसूतिका बेला जोखिम बेहोरेका घटना अरू पनि थुप्रै छन् । साबिकका हरेक गाविसमा कलिलो उमेरमा गर्भवती र सुत्केरी हुनेको संख्या उच्च रहेको तथ्यांक छ । तोली स्वास्थ्यचौकीको तथ्यांकअनुसार गत आवमा सुत्केरी हुन आएकामध्ये

४० जनाको उमेर २० वर्ष पुगेको थिएन । जिल्लाको पूर्वोत्तरमा पर्ने कोल्टी क्षेत्रका साबिकका ११ गाविस र छिमेकी मुगु र हुम्लाका बिरामीको उपचार गर्ने थलो कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हो । यहाँ विमानस्थलसमेत रहेकाले जिल्ला बाहिर लैजानुपरे सजिलो हुने ठानिन्छ । यो केन्द्रमा गत वर्ष सुत्केरी गराउन आएका २ सय ४७ मध्ये ९७ जना २० वर्षभन्दा कम उमेरका रहेको तथ्यांक छ ।

जिल्लाभरको विवरण हेर्दा गत आवमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आएका २ हजार २ सय ८८ मध्ये ६ सय ८२ जना २० वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । kantipur

The post दुख्द खबर : सुत्केरी हुन नसकेर किशोरीको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jPLbmH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top