Photo of Milford Sound in New Zealand

विश्वमा हिन्दू धर्मलाई सबै धर्महरू भन्दा धेरै पुरानो मानिन्छ । पृथ्वीमा मानवको उत्पतिसँगै हिन्दू धर्मको इतिहास जोडिएका हुन सक्ने अनुमान गरिएको छ । कतिपय यस्ता चिजहरु छन् जसलाई छुदा अशुभ हुन्छ। यस्तै आज हामी हिन्दू धर्म अनुसार कुनै-कुनै यस्ता चिजहरु हुन्छन् जसप्रति खुट्टा तेर्साउने हो भने अशुभ हुने विश्वास गरिन्छ ।

१. देवता
हिन्दु धर्म अनुसार हामी देवी देवताको बिहानै आराधना गर्ने गर्छौ । त्यसकारण हामीले देबी देवता भएको स्थान तर्फ खुट्टा तेर्साउनु भनेको भगवानको अपमान गर्नु हो । त्यसैले देवता प्रति भुलेर पनि खुट्टा तेर्साउनु हुदैन।

२. ऋषिमुनि
हिन्दु धर्मालम्बी भन्छन ऋषिमुनिको उत्पत्ति भगवान् विष्णुको मुखबाट भएको हो । त्यसैले उनीहरुप्रति पनि खुट्टा तेर्साउनु हुँदैन ।

३. गाई
विभिन्न हिन्दु ग्रन्थका अनुसार गाईमा पनि माता लक्ष्मीको वास हुने भएकाले उनीहरुलाई खुट्टा लगाउनु हुँदैन । देवताको वास हुने भएकाले हिन्दु धर्ममा गाईलाई पूजा समेत गरिन्छ ।

४. अग्नी
अग्नीलाई देवताहरुको मुख मानिने गरिन्छ । यसैकारण आगो बलिरहेको स्थानमा पनि हामीले खुट्टा फर्काउनु हुँदैन ।

५. सूर्य
सूर्यलाई पञ्चदेवता मध्येका एक मानिने हुनाले पनि सूर्यको पूजा गरिन्छ । त्यसैले सूर्यतर्फ खुट्टा फर्काउनु पनि राम्रो मानिदैन ।

६. चन्द्रमा
चन्द्रमालाई वनस्पतिहरुको भगवान् मानिन्छ । त्यसैले चन्द्रमातर्फ खुट्टा देखाउनु पनि राम्रो मानिँदैन ।

The post यी ६ वस्तुतर्फ भुलेर पनि नतेर्साउनुस् खुट्टा, महापाप लाग्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wCIdDi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top