Photo of Milford Sound in New Zealand

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ । पटक पटक चितुवाको आक्रमण परेपछि अर्घाखाँचीका बासिन्दा अत्यन्तै त्रसित बनेका छन् । दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन । स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए।

चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबारदेखि चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ।

गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर का ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालिन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए।

चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला बनको टोली परिचालन गरिएको छ। जिल्लामा गएको ३ वर्षभित्र १४ जना वालावालिकालाइ चितुवाले आक्रमण गरेको छ । जस्का कारण ८ जनाको ज्यान गयो। विद्यालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

The post हतियारसहित एकाएक परिचालन भयो नेपाली सेना र प्रहरी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xaSqdH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top