Photo of Milford Sound in New Zealand

‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज एकजना बाहिरिदिैछन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन ।

तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने एक्सक्लुसिभ बिबरण अनलाइनखबरले प्राप्त गरेको छ । जसमा कसले कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् । source:onlinekhabar

The post एक्सक्लुसिभ: बुद्ध लामालाई सर्बाधिक मत, निशान भट्टराई तेस्रो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f8IV5c
via IFTTT

0 comments:

Post a Comment

add

 
Top