Photo of Milford Sound in New Zealand

सर्लाही । कांग्रेस नेता तथा सांसद अमरेशकुमार सिंहमाथि आइतबार साँझ आठ बजे गोली प्रहार भएको छ । गोली प्रहारबाट सिंह सकुशल रहेका छन्, भने उनको गाडीमा क्षति पुगेको छ । सांसद सिंह प्रदेश नम्बर २ मा भोली हुन लागेको स्थानीय तह निर्वाचनको सिलसलामा गृहजिल्ला सर्लाहीस्थित आफ्नो नगरपालिका बलरामा खटिएको अवस्थामा गोली प्रहारको घटना घटेको हो ।

बलरा नगरपालिका वडा नंबर ३ का नेपाली काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार आमोदानन्द मिश्रलाई भेट्न मेयरका उम्मेदवार कमलेश सिन्हालाई साथै लिएर सांसद सिंह मिश्रको घरतर्फ जाँदै थिए । सो क्रममा टोलको बीचमा सिंह सवार गाडी रोकिनेवित्तिकै एक राउण्ड गोली हावामा फायर गरिएको थियो । लगत्तै अर्को गोली सांसद सिंह सवार गाडीतर्फ ताकेर प्रहार गरिएको घटनास्थलबाट प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

यसरी सांसदमाथि गोली प्रहार गर्ने व्यक्ति राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका सुशील मिश्र रहेका छन् । मिश्रले सांसद सिंह र काङ्ग्रेसका तर्फबाट मेयर उम्मेदवार सिन्हालाई देख्नेवित्तिकै गोली प्रहार गरेका थिए । त्यसरी गोली प्रहार भएपछि सांसद अमरेशकुमारको सुरक्षामा खटिएका बालकृष्ण कुँवरले पनि तत्काल ३ राउण्ड फायर गर्दै सुरक्षित स्थलतर्फ गाडी लगेका थिए ।news24nepal

The post राजपा उम्मेदवारद्वारा अमरेशकुमार सिंहमाथि गोली प्रहार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wmnvMJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top