Photo of Milford Sound in New Zealand

काठमाडौं । पूर्वरानी एवं सासु कोमल शाहको उपचार छाडेर पूर्वयुवराज्ञी हिमानी शाह तराईका बाढी र डुबान पीडितको दुःखमा साथ दिन मधेस पुग्नुभएको छ ।

उहाँले पर्सी भदौ ७ गते पर्सा जिल्लाका बाढीपीडितहरूलाई राहत सामाग्री वितरण गर्नु हुने कार्यक्रम छ । हिमानी ट्रष्टमार्फत पूर्वयुवराज्ञी शाहले पर्सा जिल्लाका ५ सय घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भदौ ७ गते पूर्वयुवराज्ञी शाहले आफै त्रिपाल, चामल, दाहाल, नुन, तेल र चिउरासहितका सामाग्री बाढीपीडितहरूलाई वितरण गर्ने कार्यक्रम रहेको छ । अन्य ठाउँहरुमा पनि राहत बाड्दै पीडित जनताको अवस्था बुझ्ने कार्यक्रम छ ।

हिमानी ट्रष्टले भूकम्पबाट पीडितहरूका साथै विभिन्न दैवीविपत्तीमा परेकाहरूलाई सहयोग गर्दै आएको छ ।

The post तराईका बाढीपीडितको दुःखमा साथ दिन मधेस झरिन हिमानी, राहत बाड्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x7Hb3x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top