काठमाडौं, २४ साउन । कुनै समय नेपाली चलचित्रका सिरियल किसरका रूपमा परिचित नायक मुकेश ढकाल अमेरिका बसेको धेरै लामो समय भइसक्यो । अमेरिकामा फिल्मीसम्बन्धी सेमिनारमा भाग लिन भन्दै भिसा लगाएर सो देश पुगेका उनी पाँच वर्षसम्म फर्केनन् ।
केही दिनअघि नेपाल फर्केका उनी श्रीमती मेलिना मानन्धर र छोरीलाई लिएर पुनः अमेरिका फर्किएका छन् । हाल उनी अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बस्दै आएका छन् । श्रीमती र छोरीसमेत लिएर गएका मुकेश अबको केही समय नेपाल नफर्कने उनी निकट कलाकारहरूको भनाइ छ ।
एक दर्जन बढी नेपाली चलचित्र अभिनय गरेका मुकेश सोलो हिरोको रूपमा सफल हुन सकेनन् । उनले अभिनय गरेका सबै चलचित्रमा मुकेश सहायक या मुख्य नायका छन् । दुलही, मनमनै मन पराएन्, धून, परिणाम, सूर्या, हलचल, बरदान, श्रीमान श्रीमती, हाम्रो माया, जुनीजुनीलाई, लफडालगायत चलचित्रमा अभिनय गरेका मुकेश फिल्म खेलेर मात्र जीवन गुजारा हुने नदेखिएपछि सात लाख रुपैयाँ बढी खर्च गरेर अमेरिका भासिएका हुन् । source:Medianp
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2ujCGBo
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.