Photo of Milford Sound in New Zealand

नेपाल आइडलका एक प्रमुख निर्णायक न्यु बज्राचार्य आजकल कहिले नेपाल आइडलमा नदेखिएर चर्चामा रहन्छ त कहिले राजेश पायल राई संगको सवालजवाफको कारण चर्चामा आइरहन्छ, जे होस् उनी अहिले चर्चाको शिखरमा छ ।

“फुलको आँखामा फुलै संसार” जस्ता दर्जनौ चर्चित गीतका संगीतकार बज्राचार्य बेला बेला आफ्नो शो “नेपाल आइडल” मा देखिदैनन । कारण खोतल्दै जाँदा थाहा हुन आयो कि उनले केहि समय अघि “एक्स्ट्रा अर्डिनरी” भिसामा अमेरिकाको ग्रीन कार्डको लागि एप्लाई गरेको र त्यसको नतिजा सकारात्मक आएको अर्थात उनले ग्रीनकार्ड प्राप्त गरेको छ ।

उनी अहिले आफ्नो परिवारलाई अमेरिका पुर्याउन गएको कारण नेपाल आइडलमा नदेखिएको जानकारी प्राप्त भएको छ । उनी अहिले यतिबेला सपरिवार अमेरिका पुगिसकेको छ । एक सन्तानलाई उतै पढाउनलाई केहि चाँजो पाँजो मिलाउन बाँकी रहेको र सबै काम सकिसके पछि एक सन्तान बाहेक अरु सबै परिवार नेपाल नै फर्किने बताइएको छ । उनको नेपाल फिर्ती संगै आउँदा दिनमा न्यु बज्राचार्य शो मा देखिने बताइएको छ ।

The post ग्रीनकार्ड पाएर सपरिवार अमेरिका उडे न्युह बज्राचार्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fXZxAc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top