Photo of Milford Sound in New Zealand

काठमाडौं, १९ साउन — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ आप्रवास नीति घोषणा गरेका छन् । यस नीतिअन्तर्गत मेरिटका आधारमा मानिसहरूले अमेरिकाको रेसिडेन्सी कार्ड पाउनेछन् ।

ट्रम्पको आप्रवास प्रस्ताव कंग्रेससमक्ष प्रस्तुत हुँदैछ । बुधवार उनले यो नयाँ नीति घोषणा गरेका हुन् ।

यस नीतिअन्तर्गत अहिलेसम्म चलेको डीभी लटरी प्रणाली बन्द हुनेछ । अंग्रेजी राम्रो बोल्ने, पढाइ राम्रो भएको र राम्रो जागिर खान सक्ने व्यक्तिलाई मात्र अमेरिकामा बसोवासको अवसर दिइनेछ ।

ट्रम्पले नयाँ नीति घोषणा गर्दै यसका कारण गरीबी घट्ने बताए । यो ऐनअन्तर्गत अमेरिकामा ग्रीन कार्ड लिन सजिलो हुने समेत उनको भनाइ छ ।

राम्रो अंग्रेजी बोल्न जान्ने र सरकारको मुख नताकी आफ्नो खर्च आफैं उठाउनसक्ने व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए । यस्ता व्यक्तिको सीपका कारण अमेरिकी अर्थतन्त्र मजबूत हुने उनको विश्वास छ ।

यो ऐनअन्तर्गत अमेरिका जाने व्यक्तिले सजिलै पैसा कमाउने र उनीहरूमाथि कुनै भेदभाव नहुने समेत ट्रम्पले बताए ।

अब स्किल हुने व्यक्ति मात्र अमेरिकामा काम गर्न सक्ने ट्रम्पको भनाइ छ ।

एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hqzi5s
via IFTTT
03 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top