Photo of Milford Sound in New Zealand

प्रदिप खड्काको सिनेमा प्रेम गीत–२ ले दर्शकको निकै माया पाईरहेको छ । अडियन्स र क्रिटिक्सको राम्रो प्रतिक्रिया पाएर चलिरहेको सिनेमा प्रेम गीतका अभिनेता खड्काले गफ गाफ डट कम संगको कुराकानीमा प्रदिपले केहि रमाइला पलहरु सेयर छन ।

एस.एल.सी. सकिएपछि बल्ल काठमाडौँ बाहिर
मेरो परिवार एकदमै सानो सर्कलको थियो । त्यही कारण म सानो सानो चिजमा धेरै रमाउने खाल्को थिए । घरबाट पनि मलाई केही कुराको प्रेसर थिएन । म सानो हुदाँ सफा थियो खोला । पौडी खेल्न नजानेका कारण घुडाघुडा आउने पानीमा म पनि डुबेको छु । म घरबाट निस्किने गरेको पनि थिईन । एस.एल.सी. सकि सकेपछि भने बल्ल म स्वतन्त्र भए । त्यो बेला म चितवन साथीको दिदीको मितको घर घुम्न गएको थिए । त्यहाँ गएर काम भनेको राती माछा मार्न, दिउँसो भरी पौडी खेल्ने र राती सुत्ने थियो । मैले एस.एल.सी. पढ्दा सम्म धरहरा देखेको थिईन । घरमा निकै कडा हुनुहन्थ्यो । चितवन भन्दा भन्दा अगाडी म नेपाल घुमेको छु जस्तो लाग्छ । मेरो साथीहरु म भन्दा चार पाँच वर्ष नै ठूलो हुनुहुन्थ्यो । सबै जना संग बाईक हुने । उहाँहरु ब्याचलर पढ्दै हुनुहुन्थ्यो । म उनीहरु सगै काठमाडौँ, ईलाम, धरान देखि बोर्डर सम्म गए । त्यसपछि पोखरा हुदैँ दामन घुम्यौ । एकदमै रमाईलो भयो ।

टेबलमा लक भएर बाह्र तेह्र मिनेट टेबल भित्र
बाल्यकालमा म निकै चकचके थिए ।कुटाई धेरै खाए । घरमा म बाहिर निस्केपछि डुलेको डुल्यै गर्छु भनेर चाबी लगाएर जानुहुन्थ्यो । बहिनी सानी थिई । हामी कोही नभएको बेलामा घर मै गेम खेलेर बस्ने गथ्र्यौ । एकदिन हामीले कति बेर सम्म कसले सास रोक्न सक्छ भन्ने गेम खेलेर बसिरहेको थियौँ । त्यो बेलामा मैले हामी पढ्ने सानो टेबलको घर्रा भित्र बहिनीलाई हालेर थुन्दिए । त्यसपछि कति बेर सास रोक्न सकिन्छ भनेर खेल्यौँ । बहिनी पछि मेरो पालो आयो । उसले मलाई थुनिदिई । त्यो सानो घर्रा भित्र म पाँच छ वर्षको बच्चा कोचिएर जबरजस्ती सास रोकेर बसिरहेको थिए । बहिनीले लक हानिछ । पछि चाबी खोल्न नजानेर बाहिर रोएरै बसिराखी । उसलाई सम्झाई बुझाई गरेर चाबी खोल्न लगाए । आफूले पनि किक सिक हाने तर त्यो काम लागेन । त्यो समय म झन्डै मरिन । त्यो टेबल भित्र एउटा पिगी ब्याङ्ग थियो । त्यहाँ हामी सानो सानो गाडीहरु राख्थ्यौ । मलाई के याद थियो भने साँचो त्यो डिरेक्शनमा घुमायो भने चाबी खुल्छ । त्यसपछि मैले बहिनीलाई चाबी त्यो माथी गाडीहरु भएको साईडमा घुमा भनेपछि लकिली खुल्यो । बहिनी आत्तिएर रोएर बसिराखेकी थिई त्यो कारण उसलाई सम्झाई बुझाई गरेर खोल्दा दश बाह्र मिनेट भएको थियो । चकचक गर्दा टाउको फुट्ने र खुट्टामा घाउँ हुने त कति भयो भयो ।

किशोर अवस्थामा राम्रो थिईन जस्तो लाग्थ्यो
पहिलो लभ भन्ने कुरा कहिल्यै थाहा नै भएन । केही समय अघि म अष्ट्रेलिया जानुको कारण मेरो प्रेमिका बाहिर भएर भन्ने हल्ला थियो । तर, त्यो विषयमा पनि हामी गम्भिर रहेनछौ । नभए कुराकानी त भईहाल्थ्यो । पहिलो डेटिङ्ग भने एस.एल.सी. पछि मैले घर वरीपरी नै मनाए । त्यो प्रेम देखादेख र भेटघाटमा मात्र सिमित रह्यो । ऊ मेरो छिमेकी नै त हैन त जे होस टोलतिरको । लव लेटर लेख्ने चलन थियो मेरो पालामा । मलाई म बाह्र पढ्दा एक जनाले रगतले लेटर लेखेर दिनुभएको थियो । मैले चाहि लेखिन । नौ दशमा पढ्दा मलाई कसैले मनै पराउँदैन जस्तो लाग्थ्यो । मेरो साथीहरुको गर्लफ्रेन्ड हुने आफ्नो भने नहुने । मलाई प्रपोज गर्न पनि नआउने । गर्लफ्रेन्ड भन्ने चिज हुदैन जस्तो लाग्थ्यो । एस.एल.सी. पछि घरबाट पनि अलि फ्रि भईयो । बिस्तारै सबै संग खुलेर कुराकानी गर्न थालियो । सबै केटीहरु संग पनि बोल्ने भएको भएर होला त्यती खेर चाहि यति गर्लफ्रेन्ड भयो की त्यसको मुल्य हुन छोड्यो (लामो हासोँ)

मान्छेहरु म संग अनुहारले भन्दा पनि बेहोराले नजिक
म संग मान्छेहरु खुल्छन मज्जाले कुराकानी गर्छन त्यो राम्रो बोलीचालिले होला मलाई धेरैले राम्रो भन्नुहुन्छ । म आफ्नो ढिपी कहिल्यै गर्दिन । साथी र माया गर्ने मानिसहरुको लागि जे गर्न पनि तयार भएको कारण सबैले माया गर्नुभएको जस्तो लाग्छ । बाबा ममीको ठूलो सोख त्यस्तो केही थिएन । उहाँहरु सामान्य जिवन जिउन रुचाउनु हुन्छ । उहाँहरुको खुशी भनेको सिर्फ छोरा छोरीले खराब काम गरेको छैन । ईज्जत बढाउने काम गरेका छन । उहाँहरुको सोच नै त्यती हो । म संग जोडेर सपना वा खुशी केही पनि बुन्नुभएको थिएन । उहाँहरुले कहिले मलाई कर गर्नुभएन, तनाव पनि दिनुभएन । उहाँहरुसंग पनि त्यो अनुमान थिएन । पढेको लेखेको हुनुहुन्न । त्यो भएपछि सिकाउने अवस्था थिएन । त्यही भएर मैले जे जानेको थिए त्यही गर्दै गए । त्यही भएर छोराले जे गर्छ राम्रो गर्छ भन्ने नै थियो ।
मैले केही समय बाबा ममीलाई फेसबुकको लिङ्क हेर्न सिकाए । त्यसपछि मैले उहाँहरुलाई यूटूब हेर्न सिकाए । अहिले भने ल्यापटप अन गर्न सिकाएको छु । ल्यापटपमा उहाँहरुले मलाई न्यूजहरु पढेर अपडेट दिनुहुन्छ । तेरो ईन्टरभ्यू यहाँ आएको रहेछ, यसमा यो गरेको थिईस, यसमा राम्रो भयो, यसमा यस्तो भयो भन्ने गर्नुहुन्छ । बेलुका घर पुग्न पाएको हुदैन अपडेट आउँछ ।

एस.एल.सी. पछि फुकेको रागा जस्तो फटाहा
जब म एस.एल.सी. पछाडी घरबाट निस्किए म फुकेको राँगा जस्तो फटाहा भएर निस्किए । त्यसपछि कसैले ममी बुबालाई तेरो छोरा बिग्रियो । चुरोट खान्छ, सुर्ती खान्छ, खैनी खान्छ भनेर लगाईदिनु भएछ । तर,यो कुराको मलाई बानी बसेन । यी सबै कुरा मैले ट्राइ गरेँ । ट्राई त मैले सबै कुरा गरेको छु । कस्तो हुन्छ त त्यसको स्वाद भन्ने कौतुहलता भएर पनि होला । त्यती खेर चाहि मैले गुट्खाहरु केही पनि खाएको थिईन । तर, घरमा कुन चाहिले लगाई दिएछ । यसपछि घरमा आएर मुख आ गर रे अनि मैले गरेँ । वर्षौ गुट्का खाने जस्तो भएको रहेछ भन्नुभयो । त्यसपछि पिट्न थाल्नुभयो (लामो हासोँ) बाबा मैले अहिले सम्म खाएको छैन । अरुले सुनाएको भरमा छोरा बिग्रियो भनेर कुटाई खाए । तर, म पहिले बाट नै फटाहा जे गर्न पनि तम्सिने । त्यस कारणले यसले चुरोट, रक्सी र गुट्खा खान थाल्यो भनेर कुटाई खाए । त्यो एक दिन चाहि कुटाई खाए । म हिरो भएपछि प्रशंसा गरेको रमाईलो पलहरु पनि धेरै छ । ममीको साथी हङ्कङ्मा हुनुहुदोँ रहेछ । ममीको साथीलाई प्रेम गीतको हिरो एकदमै मन परेछ । उहाँको मामाघर बल्खु । हङ्कङ्बाट उहाँ नेपाल आउँदा उहाँसग पनि भेट भएछ । त्यसपछि कुरा हुदाँ खेरी चाहि उहाँले नेपालको हिरोहरु मलाई एकदमै मन पर्छ । अझै त्यही माथी प्रेम गीतको हिरो त कति राम्रो भन्न ुभएछ । ममी त ट्वा (लामो हासोँ) । यो मेरो छोरा हो भन्नुभयो रे । उहाँले पत्याउनु भएन । तिम्रो छोरा होईन यो भन्ने रे । किनभने उहाँको छोराहरु एकदमै सानो सानो । ममीले चाहि उनाईस बिस वर्ष हुदाँ मलाई पाईसक्नु भएको थियो । त्यो भएपछि साथीको छोरा यती ठूलो होला भनेर सोच्नु भएन । त्यही माथी मलाई सिनेमामा निकै परिपक्व देख्ने । यति ठूलो होला भनेर नपत्याएको ।

कोही खुशी हुन्छ भने म त्यसको लागि तल गिर्न पनि तयार छु । तर, पछि त्यसले जश दिएन भने ऊ सग प्रतिस्पर्धा गर्न पनि तयार छु । त्यो सम्मानको लागि म जे गर्न पनि तयार छु । त्यो धेरै पटक गरेको पनि छु । पढाईमा पनि मैले धेरैलाई सहयोग गरेको छु । मेरो अक्षर फोहोर राईटिङ्ग छिटो भए पनि । परिक्षामा पनि आफू भन्दा छिटो परिक्षा भ्याउँथे । पछि काम केही हुदैन्थ्यो । अनि अरुलाई सिकायो बस्यो (लामो हासोँ) कसैलाई मैले राम्रो गर्न खोज्दा खोज्दै पनि कसैले नराम्रो गर्यो भने म रोएर भने बसेको छैन तर त्यो मान्छे संग मलाई निकै रिस भने उठ्छ । कसैले मेरो लागि राम्रो गर्यो भने मैले राम्रो गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । कसैले नराम्रो गर्यो भने पख तैले भन्दा राम्रो काम गरेर देखाउँछु भन्ने हुन्छ । घरमा बाबा संग पनि कति पटक च्यालेन्ज परेर घरबाट निस्केको छु । मलाई याद भए अनुसार म घरबाट दुई चोटी भागेको छु । घरमा मलाई चार पाँच दिन मज्जा संग खोजेर म बल्ल आएको थिए । एक चोटी म बाईक किन्देनन अब म आफै कमाएर किन्छु भनेर हिडेँ । दोस्रो पटक भने लगभग एक दिन जस्तोमा भेटाई हालेँ । त्यो बेला म साथीको मा गए । त्यो बेला त म सानो थिए । थाहा भैहाल्योे यहाँ थिए भनेर । त्यसपछि भने म स्नातक तहको पढाई चलिरहँदा पनि निस्केको छु । त्यो बेला भने मलाई भेट्न चार पाँच दिन लागेको थियो । त्यो बेलामा म नभेटिएपछि मेरो एउटा साथी थियो सुर्दशन भन्ने घरबाट त्यसलाई फोन गर्नुभएछ । साथीलाई बाबा ममीले तिमी फोन गरेर प्रदिपलाई बोलाऊ त्यसपछि हामी त्यसलाई समाउँछौ भन्नु भए छ । मलाई मेरो साथीले जाल झेल गरेर पछि भेटाउनु भयो ।

मलाई एघार बाह्र पछि साथीहरुले अभियान भनेर पनि बोलाउने गर्थे
झगडा पर्दा मुक्का मुक्की परेको छैन । म निहुँ खोज्ने हरुलाई हात पात गरेर भन्दा राम्रो काम गरेर गलत साबित गर्न चाहान्छु । तर, छुटाउन जादाँ मुक्का चाहि खाएको छु । नौ दशमा पढ्दा हामी स्कुलबाट फर्किरहेको थियौ । त्यो बेलामा ग्याङ्गफाईट हुन्थ्यो टन्नै । घर आईराखेको थियौ । एक जना साथीको चाहि दादा संग झगडा पर्यो । त्यो दुईटै मेरो साथी । साथी दुईटाको झगडा परेर मैले छुटाउन जादाँ उसको हातको ईट्टाले मलाई लागेर गालामा चोट लागेको थियो । मेरो नै चाहि झगडा परेको छैन । मैले कुटाई खाएपछि दुवै जाना मिले । पहिला कहि नगएको भएर जहाँ गएपनि रमाईलो लाग्थ्यो । तर, अहिले नगएको ठाँउमा जाउँ भन्ने हुन्छ । नयाँ ठाँउमा नयाँ मान्छे भेटेपछि रमाईलो लाग्छ । सानो बेलामा जाँचको लागि कन्ठ पारेर पढ्थे तर त्यो बाहेक मैले उपन्यास तथा अन्य किताबहरु पढिन् । सिनेमा हेर्न मज्जा लाग्छ । खुशी दिलाएको सिनेमा भनेको टाईटया्निक हो । धेरै सुन्ने गीत भनेको त्यस्तो कुनै पनि छैन । यस अघि गुनगुनाउन आउँने गीत भनेको तिम्रो न्यानो अगाँलोको माया थियो । सुगम दाई र आतिफको गीतहरु सुन्थेँ । एस.एल.सी. मा डिस्टिङ्गसन आउँनु मेरो जिवनको पहिलो खुशी थियो होला सायद । मेरो पढाई राम्रो तर ध्यान दिएर भने होईन । जबरजस्ती पढेर पास हुनपर्ने । म मा केही गरेर देखाउँछु भन्ने चाहि छ । अरु भन्दा राम्रो गर्नुपर्छ त्यो गर्दा अरुको प्रशंसा पाईन्छ त्यो खुशी हो । तर म फस्र्ट भए भनि सबै जना खुशी हुन्छन भनेर पढिन्थ्यो । मैले गर्दा खुशी होस स्कुलको नाम रहोस् भन्ने थियो । त्यो बानी अहिले पनि छ । source:gufgaf

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vEfkum
via IFTTT

0 comments:

Post a Comment

add

 
Top