काठमाडौं – मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा र ठूली भएपछि श्रीमान्को घरमा खुसी देख्ने हाम्रो संस्कार छ । तर, जीवनको लामो समय एक्लै बसेकी मनीषा बिहे गरेपछि आफ्नै माइती फर्किएकी छिन्, उनी आमाबाबुसँगै खुसी देखिन्छिन् । त्योभन्दा ठूलो विरोधाभाष के भने क्यान्सरजस्तो रोग लागेपछि हाम्रो समाजमा कोही पनि व्यक्ति रोगले भन्दा पनि मानसिक रूपले अगलथलग हुने अवस्था आउँछ, तर क्यान्सरसँग लड्न सकिन्छ, जित्न सकिन्छ र जीवन उत्तिकै शक्तिका साथ जिउन सकिन्छ भनेर सन्देश दिन मनीषा संसारका कुना–कुना गइरहेकी छिन् ।
अहिले जहाँ गए पनि तपार्इंलाई क्यान्सरको विषयमा सोधिन्छ, अहोभाग्य हो तपाईंले क्यान्सरलाई जित्नुभयो । त्यही जितबाट प्राप्त आत्मबल तपाईं विश्वभरिका जनतालाई बाँडिरहनुभएको छ, क्यान्सरबारे जे सोच छ, त्यो परिवर्तन गर्न आग्रह गरिरहनुभएको छ । तर, तपाईं आफैँमा के परिवर्तन आयो, परिवार, मान्छे र समाज र आफ्नै जीवनबारेमा बुझने विषयमा ।
मान्छेको जीवनमा जब परिपक्वता आउँछ, तब जिन्दगी सानो हुँदै जान्छ । पहिलेपहिले जन्मदिन आउनासाथ सेलिब्रेसन गर्ने, साथीभाइबीच पार्टी राख्ने, बाहिर घुम्ने गर्थें । तर, यसपटक जन्मदिन घरमै मनाएँ । तामझाममा झुकाव छैन, शान्तिपूर्ण रूपमा साधारण जीवन जिउन चाहन्छु । नयाँ वर्ष र जन्मदिनमा यो गर्छु, त्यो गर्छु भन्ने संकल्प गरिन्छ । तर, त्यसको एक–दुई महिनापछि त्यो संकल्पको अन्त्य भइसकेको पाइन्छ । एकपटक प्रतिज्ञा गरेपछि त्यो चिजलाई पूर्ण गर्न लाग्ने मेरो स्वभाव छ । म हत्तपत्त संकल्प गर्दिनँ, गरेपछि त्यसलाई पछ्याउँछु । जिन्दगी भनेको आफूलाई परिष्कृत गर्दै जाने हो । पूर्ण हुनका लागि हामीले कोसिस गर्ने हो । परिष्कृत हुँदै जाने मानवजीवनको एउटा प्रक्रिया हो । मनुष्य हौँ, जीवनमा गल्ती हुन्छन्, आउने दिनमा पनि गल्ती होलान्, तर गल्तीसँग सिक्दै, आफूलाई राम्रो र बलियो बनाउँदै जाने हो ।
तपाईं कोइराला परिवारमा जन्मनुभयो, शैक्षिक, सामाजिक र राजनीतिक रूपमा सचेत हुने एउटा विशेष अधिकार पाउनभुयो, संयोगले हिन्दी फिल्म इन्डस्ट्रीमा स्थान बनाउन पाउनुभयो, कोइराला परिवारमा नजन्मिएको भए तपाईंको नाम मनीषा होइन, मनमाया हुन सक्थ्यो, त्यो वेला तपाईंको जीवन कस्तो हुन्थ्यो होला रु
मलाई असाध्यै दुःख लाग्छ । हामीले देशमा परिवर्तन त ल्यायौँ तर, यसले जनतामा कति परिवर्तन ल्यायो भन्ने विषय ठूलो हो । हामीले गर्न सकेनौँ, गर्नुपर्छ भन्ने उद्देश्य बनाएरै काम गर्नुपर्छ । बिपीबाले प्रगति भनेको सहरभित्रका मान्छेमा आएको परिवर्तन मात्र होइन, गाउँका गरिब जनताको जीवनमा कस्तो परिवर्तन आएको छ भन्ने मुख्य कुरा हो । अहिलेको अवस्था पनि त्यस्तै हो । गाउँका जनतामा यसरी परिवर्तन आएको छ भने त्यो वास्तविक परिवर्तन ठहर्छ । सहरभित्र मात्रै भएको प्रगति खोक्रो हो ।
नेपालमा तपाईंका जिजुहजुरबा कृष्णप्रसाद कोइरालाले राणाविरुद्ध क्रान्तिको विगुल फुक्नुभयो, तपाईंको हजुरबुबा र काका हजुरबा तीनजना देशको प्रधानमन्त्री हुनुभयो, तर देशको आर्थिक अवस्था कस्तो छ भन्ने बुझ्न धेरै टाढा जानुपर्दैन, काठमाडौंका अस्तव्यस्त सडक, निराश बस्ती र आक्रोशित मान्छेहरु देख्दा नै थाहा हुन्छ, जुन परिवारले तीनजना प्रधानमन्त्री पायो, त्यो परिवारले देशको लागि केही गर्ने अवसर सदुपयोग गर्न सक्यो कि सकने, तपाईंलाई समीक्षा के छ ?
इमानदार भएर भन्नुपर्दा तपाईंले भनेको विषयको महसुस र बोध मलाई पनि पटक–पटक भएको छ । राम्रो परिवारमा जन्म लिएँ । परिवारमा ठूला र बडा मान्छे भए । कोइराला परिवारले प्रसिद्धि पनि कमाए । तर, बिपीबाले यो परिवार वास्तवमा जनताप्रति जवाफदेही हुनुपर्छ भन्नुभएको थियो । तर, अहिले त्यस्तै अवस्था छ त रु के भइरहेको छ त भन्ने त देखिइरहेको छ नि । म के देख्छु भने– प्रजातन्त्रका लागि हामीले संघर्ष गरेका हौँ । यो महत्वप्ूर्ण पनि हो । तर, प्रजातन्त्रको फाइदा गाउँ–गाउँका जनतामा पुग्नुपर्छ । जबसम्म गाउँ–गाउँका जनताले प्रजातन्त्रको फाइदा उठाउन सक्दैनन्, तबसम्म प्रजातन्त्र खोक्रो नै हुन्छ ।
कोइराला परिवारबाटै पनि धेरैजना राजनीति र नेतृत्वमा हुनुहुन्छ । उहाँहरूका एजेन्डा जनमुखी र व्यवहारमुखी हुनुप¥यो भन्ने विषयमा छलफल हुने, सकारात्मक सुझाव दिने अभ्यास परिवारभित्र छ कि छैन रु
परिवारमा कान्छी सदस्यका हिसाबले उमेर, अनुभवले म धेरै पछि छु । तर, परिवारका अरू सदस्यहरू पहिलेदेखि नै राजनीति गरेर नेपाली समाजलाई बुझेको हुनुहुन्छ । केटाकेटीमा कोइरालाहरूको संयुक्त परिवारमा बसेँ तर, फिल्ममा लागेपछि २५ वर्ष भारतको मुम्बईमा बसेँ । कहिलेकाहीँ मात्र नेपाल आउँथे । अहिले बल्ल समाजमा भिज्दै छु, काम गरेर केही गर्छु भन्दै लागेकी छु । कसैलाई सुझाव दिनका लागि मेरो समय आइसकेको छैन भन्ने लाग्छ ।
कोइराला परिवारबाट उहाँहरू ९शशांक, शेखर र सुजाता० धेरै बुझ्नुहुन्छ, गरिरहनु पनि भएको छ । तर, पनि कहाँ–कहाँ केही कुरा नपुगेकोजस्तो लाग्दै छ । कहाँ–कहाँ हाम्रो सरकार, हाम्रो प्रणालीमा केही नमिलेजस्तो अनुभव जनताले गरेको देखिन्छ । त्यतातिर उहाँहरूले के सोच्नुभएको छ, के गर्नु भएको छ र के योजना छ त्यो भने थाहा छैन । मैले बोलेँ भनेँ, ‘छोटीमे बढी बात’ भन्ने हिन्दी उखानजस्तै हुन्छ । त्यसैले म केही भन्न चाहन्नँ । साना–साना विषयमा हामी बाडियौँ भने राम्रो हुँदैन । कुनै परिवर्तनले देशलाई कमजोर पारिदिन्छ भने त्यो परिवर्तन पनि राम्रो परिवर्तन होइन । जबसम्म राजनीतिक प्रणालीका व्यवस्था धनीमा मात्र सीमित नभई तल्लो वर्गसम्म पुग्छन् तब मात्र व्यवस्थालाई ठीक मान्न सकिन्छ ।
बिपीबाका किताबहरू धेरै पढेकी छैन । उहाँका विचार, संघर्ष र जीवन बुझ्दा उहाँ पहिले ‘एक्स्ट्रिम लेफ्ट’मा हुनुहुन्थ्यो । त्यसपछि डेमोक्र्याट, सोसलिस्ट हुनुभयो । जीवनको उत्तारार्धतिर राष्ट्रिय मेलमिलापको कुरा गर्नुभयो । देशको भूगोल बुझेको, के गर्दा देशलाई बलियो बनाउन सकिन्छ र के गर्दा देश कमजोर हुन्छ भन्ने राम्रो बोध उहाँलाई थियो । नयाँ पत्रिकाले छापेको छ ।
बिपीको ज्येष्ठ सुपुत्रका रूपमा प्रकाश कोइरालाले केही चुनावमा भाग लिनुभयो, मन्त्री पनि हुनुभयो । तर, राजनीतिमा अपेक्षाकृत भूमिका खेल्नुभएन । अर्को पुस्ताका रूपमा तपाईं राजनीतिको किनारमा हुनुहुन्छ , बुबा रौतहटबाट चुनावमा उठ्दा तपाईं प्रचारमा सक्रिय हुनुभयो । त्यसपछि मनीषा, उहाँको भाइ सिद्धार्थ राजनीतिमा आउनुहुन्छ भनेर वेलावेलामा समाचार आउँछ । तर, तपाईंहरू सक्रिय रूपमा राजनीतिमा उत्रिएको देखिँदैन । राजनीतिमा तपाईंहरूको आगमनबारे मिडियाले हतार गरेको हो कि तपाईंहरूले ढिलाइ गर्नुभएको हो रु
जहाँसम्म बुबालाई चिनेको छु, बुझेको छु उहाँ कट्टर राष्ट्रवादी हुनुहुन्छ । उहाँको दृष्टिकोण ‘कन्जरभेटिभ’, ‘प्रो नेपाल’ छ । जे कुरा मन पर्दैन फ्याट्ट बोलिदिनुहुन्छ, गर्दिनुहुुन्छ । सायद यही कारणले पनि उहाँलाई धेरै काम गर्न नदिएको हुन सक्छ ।
म राजनीतिक रूपमा आफैँ सक्रिय भइनँ । सुनसरीमा सानोबुबाको प्रचारमा पनि गएकी थिएँ । त्यसबाहेक सक्रिय रूपमा कतै सहभागी भइनँ । किनकि, मेरो क्षेत्र अलग थियो । मेरो भाइ राजनीतिक गतिविधिमा छ, उत्रिइसकेको छ र सक्रिय हुन खोज्दै छ । उसले केही गर्छ । मचाहिँ सामाजिक कार्य गर्दै छु । राजनीति मेरा लागि हो भनेर म आत्मविश्वासी छैन ।
बिपीका विषयमा पटक–पटक कुरा गर्यौँ । बिपीका कथा, डायरी, उपन्यास मात्र होइन, उहाँका विषयमा भनिएका, लेखिएका ‘मिथ’ पढेर पनि नेपालको सामाजिक पुस्ता हुर्किरहेको छ । तपाईंले त त्यही परिवारमा हुर्किने अवसर पाउनुभयो । बिपी आफैँमा राजनीतिक र सामाजिक रूपमा कस्तो मान्छे हुनुहुन्थ्यो ?
बिपीबा बित्दा म सानै थिएँ । धेरै कुरा सुशीला आमाले बताउहुन्थ्यो । मलाई उहाँले नै हुर्काउनुभयो । बिपीबाका बारेमा उहाँले धेरै भन्नुहुन्थ्यो । मलाई याद छ, उहाँ दलका साथीसँग हुरीजस्तै गरी आउनुहुन्थ्यो । उहाँमा बलिदानी विचार थियो । उहाँलाई भेट्न देशका ठूला नेताहरू किसुनजी, गणेशमानजी, देशविदेशका ठूला नेताहरू आउँथे । उहाँको राजनीति भनेको देशका लागि एउटा सपना हो । तर, अहिले यही राजनीति देशका लागि नभएर व्यक्तिगत अभिलाषा भएको छ । दुई– तीनपटक प्रधानमन्त्री बनेकाहरूमा फेरि पनि बन्ने अभिलाषा रहेको पाइन्छ । जनतालाई सेवा, सुविधा दिलाउनेभन्दा पदमा पुग्ने बहाना र चाहना बढी देखिन्छ । बिपीबाका किताबहरू धेरै पढेकी छैन । उहाँका विचार, संघर्ष र जीवन बुझ्दा उहाँ पहिले ‘एक्स्ट्रिम लेफ्ट’मा हुनुहुन्थ्यो । त्यसपछि डेमोक्र्याट, सोसलिस्ट हुनुभयो । जीवनको उत्तरार्धतिर राष्ट्रिय मेलमिलापको कुरा गर्नुभयो । देशको भूगोल बुझेको, के गर्दा देशलाई बलियो बनाउन सकिन्छ र के गर्दा देश कमजोर हुन्छ भन्ने राम्रो बोध उहाँलाई थियो । उहाँका आत्मवृत्तान्त र किताबबाट यही बुझ्ने मौका पाइन्छ ।
जेलमा एकपटक भोक हड्ताल गर्दा उहाँ मृत्युको मुखमा पनि पुग्नुभयो । छोरालाई भोक हड्तालबाट मुक्त गराऔँ, होइन भने, ऊ मर्न सक्छ भनेर बिपीबाको आमालाई भनिएछ । यस्तो वेलामा आमाले बरू मेरो छोरो मरोस् म उसको भोक हड्ताल रोक्न सक्दिनँ भन्नुभएछ।
The post क्यान्सर मेरा लागि वरदान साबित भयो : मनीषा कोइराला appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2wiJKTA
via IFTTT
0 comments:
Post a Comment