Photo of Milford Sound in New Zealand

छविराज ओझाको निर्माण रहेको सिनेमा ‘हिरो’ मार्फत सिने नगरीमा डेब्यु गरेकी अभिनेत्री रेखा थापा आज देखि ३४ वर्ष लागेकी छिन् । आज भन्दा ३४ वर्ष अगाडि भदौ पाँच गते विराटनगरमा जन्मेकी रेखा सिनेमामा लागेकै झण्डै दुई दशक भएको छ । १६ वर्षको उमेरमै सिनेमामा प्रवेश गरेकी रेखा थापाले पहिलो सिनेमामा सहायक अभिनेत्रीको भूमिका निर्वाह गर्ने अवसर पाएकी थिईन् । एस एल सी दिएर काठमाण्डौ घुम्न आएकी रेखा अचानक सिनेमामा प्रवेश गर्ने साईत जुरेको थियो । फिल्म निर्माण कम्पनी नमस्ते नेपालका निर्माता छविराज ओझा र नरेश पौड्यालले उनलाई सिनेमा ‘हिरो’मा सहायक अभिनेत्रीको रुपमा काम गर्ने मौका दिएका थिए । ‘हिरो’मा सहायक अभिनेत्री भएर काम गरेकी रेखा सिनेमाका निर्माता छविराज ओझाको जीवनमा भने मुख्य हुन पुगिन् । पहिलो सिनेमामा काम गर्ने क्रममै रेखा छविको प्रेममा परिन् । अन्ततः उनीहरुले विवाह पनि गरे ।
आधा दर्जनजति सिनेमामा काम गरेपछि सफल अभिनेत्रीको ट्याग पाएकी रेखा विवाहको दश वर्ष नपुग्दै छविसँग अलग भईन् । पहिलो छवि कै ब्यानरमा निर्मात्री बनेकी उनी छविसँग अलग भएपछि निर्देशक पनि भईन् । सिनेमा ‘हिम्मतवाली’ निर्देशन गरिन् । पहिलो निर्देशनबाट रेखाले राम्रो प्रतिकृया त पाईन् नै साथै सिनेमा व्यवसायिक रुपमा पनि सफल रह्यो ।

अभिनयकै कारण अघि बढेन अध्ययन
रेखा थापाको सिनेमा प्रवेश त्यसबखत भयो जतिबेला नेपाली सिने नगरीले बोल्ड हिरोईनको अभाव गरिरहेको थियो । यहि कारण पनि रेखाले खेलेका प्राय सिनेमाहरु सफल भए । १६ वर्षको उमेरमै अभिनयमा प्रवेश गरकी रेखा सिनेमामा व्यस्त भएपछि अध्ययन अघि बढ्न सकेन । पहिलो सिनेमाकै निर्माता छविराज ओझासँग विवाह गरेपछि उनी एक पछि अर्को सिनेमामा देखिन थालिन् । एकातिर उनको सिने करिअर फस्टाउँदै गयो भने अर्कातिर उनको अध्ययनको ब्रेक फेल भयो । सिने नगरीमा रेखा थापा एस एल सी फेल भएको हल्ला छ । तर पढाईको बारेमा कुरा गर्दै रेखाले भने आफू कलेजसम्म गएको बताउँछिन् ।

३३ लागे विपिन
अर्का कलाकार विपिन कार्कीको पनि आजै जन्मदिन परेको छ । २०४० साल भदौ ५ मा विराटनगरमा जन्मेका विपिन आज देखि ३३ वर्षमा प्रवेश गरेका छन् । छड्के, लुट सिरिज, सुन्तली, ताण्डव पशुपति प्रसाद, जात्रा लगायतका सिनेमामा काम गरेर आफूलाई भर्सटाईल अभिनेताको रुपमा चिनाएका विपिनले थियटर पछि सिनेमामा प्रवेश गरेका हुन् । प्रायः सामान्य तरिकाले जन्मदिन मनाउन रुचाउने विपिनको जन्मदिन यस पटक सिनेमा ‘हरि’को टिमले विशेष बनाउने तयारी गरेको छ । यसरी उनी जन्मदिन मनाइरहदा उनकी श्रीमती भने अहिले साथमा छैनन् । खासमा सोमबार कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिन परेका कारण विपिनकी श्रीमती रेश्मा मोरङ पुगेकी छिन् । तर राती १२ बजे नै श्रीमतीले जन्मदिनको शुभकामना दिएको विपिनले बताए ।
सिनेमा ‘पशुपति प्रसाद’ रिलिज भएर चर्चामा आएको बेला विपिनले रेश्मा कटुवालसँग मागी विवाह गरेका हुन् । हाल विपिन सिनेमा ‘हरि’को प्रि–प्रोडक्शनमा व्यस्त छन् भने उनकी श्रीमतीले बुटिक र कस्मेटिकको व्यापार गर्दै आएकी छिन् ।
जन्मदिनको विशेष उपहारको कुरा गर्दै विपिनले आफूलाई अरुले मायाले दिएको चिज सानो ठूलो, महंगो सस्तो जस्तो भएपनि सधैँ विशेष लाग्ने गरेको बताए ।

२२ लागिन् श्रद्धा
उता सिनेमा ‘दर्पण छायाँ २’ बाट सिने नगरीमा प्रवेश गरेकी अभिनेत्री श्रद्धा प्रसाईँ आजदेखि २२ वर्षमा प्रवेश गेकी छिन् । कानुन विषय अध्ययन गर्दागर्दै थियटरमा नाटक सिकेकी श्रद्धाले तुलसी घिमिरेको निर्देशनमा बनेको ‘दर्पण छायाँ २’ मार्फत सिने नगरीमा डेब्यु गरिन् । त्यसपछि उनले सिनेमा ‘प्रेम गीत २’ मा काम गरिन् । उनलाई यो सिनेमाबाट राम्रो प्रतिकृया मिलेको छ ।
सामान्यतया परिवारसँगै जन्मदिन मनाँदै आएकी श्रद्धा जन्मदिनमा पाएको उपहार भन्दा कसैले फोन गरेर, सम्झेर जन्मदिनमा दिएको शुभकामना ठूलो र विशेष लाग्ने बताउँछिन् । जन्मदिनको सबैभन्दा ठूलो उपहार पनि उनको लागि यहि नै हो । source:gufgaf

The post नेपाली कलाकारहरु ,जो एकैदिन जन्मिए,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fYHvhi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top