Photo of Milford Sound in New Zealand

बझाङ, साउन १७ – बझाङको छविसपाथीभरा गाउँपालिका–४ गमलागाँउ व्यासीका आनन्द दर्जीका चार वर्षे छोरा गौतम दर्जीलाई ब्लड क्यान्सर भएको छ । उहाँले छोरालाई ज्वरो आउनुका साथै शरीरभरि ससाना मिमिरा जस्ता फोका देखिन थालेपछि गएको असार १ गते जिल्ला अस्पताल सिमखेत बझाङमा उपचारका लागि ल्याउनुभएको थियो ।
जिल्ला अस्पताल बझाङका डाक्टरहरुले थप उपचकार लागि नेपालगञ्ज लैजान सुझाव दिए । आनन्दले घरमा श्रीमती कवितालाई फोन गरेर छोराको उपचारका लागि खेत बिक्री गर्न भन्नुभयो । त्यसपछि चार वर्षे छोरो बोकेर नेपालगञ्ज झर्नुभयो ।

नेपालगञ्जमा ६ दिन उपचार गरेपछि त्यहाँका डाक्टरले पनि यहाँ सम्भव नभएको भन्दै चितवनको भरतपुर क्यान्सर अस्पताल लैजान भने । तर आनन्दले भरतपुर भन्दा भारत लैजाँदा छोराको उपचार हुने आशमा त्यतै जाने निर्णय त गर्नुभयो, तर साथमा पैसा थिएन । ‘थप पैसाको जोहो गर्न श्रीमतीलाई घर पठाएँ’ उहाँले भन्नुभयो । कविता बाँकी सम्पत्ति साहुकोमा राखेर केही दिनमा पैसा लिएर नेपालगञ्ज पुग्नुभयो ।

त्यसपछि चार वर्षे छोराको उपचारका लागि आनन्द र कविता भारतको दिल्ली पुग्नुभयो । भारतमा उपचार सुरु गर्ने बित्तिकै डाक्टरले गौतमलाई ब्लड क्यान्सर भएको बताए । ‘बुढेसकालको सहारा एउटै छोरा हो’ आँखाभरि आँसु पार्दै कविता दर्जीले भन्नुभयो ‘ब्लड क्यान्सर भनेको के हो ? मलाई त्यती जानकारी छैन । अहिले छोराको उपचार दिल्लीको अल इण्डिया अस्पतालमा भईरहेको छ । १५ दिन जति भयो । तर पैसा नभएर उपचार गर्न गाह्रो भएको छ ।’

उपचारका लागि अस्पतालमा दिनको १६ हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको छ । उपचारका लागि अस्पतालका डाक्टरले ६ लाख भारु जम्मा गर्न भनेका छन् । तर दर्जी दम्पतीसँग त्यो सामर्थ्य छैन ।

‘हामीले जग्गा, पशु चौपाय विक्री गरेर, आफन्त, साहुबाट ऋण गाढेर जम्मा भएको एक लाख भारु मात्र अस्पतालको खातामा जम्मा गरेका छौं । अब अरु विकल्प छैन । यत्रो रकम कसरी जम्मा गर्ने ?’ कविताले भन्नुभयो ‘कसैले सहयोग गरे छोरो बाँच्थ्यो कि भन्ने आश छ ।’
source:- उज्यालो । Ujyaalo

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wldSJH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top