Photo of Milford Sound in New Zealand

काठमाडौं, भदौ ९ – भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेपछि हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म २८ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई सय ५० जना घाइते भएका छन् । प्रदर्शनकारीले सञ्चार माध्यमका प्रत्यक्ष प्रसारण गरिरहेका गाडीमा समेत तोडफोड र आगजनी गरेका छन् ।

हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएको आरोप लागेको थियो । पञ्चकुला विशेष अदालतले उनीलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको हो । अदालतले सजाय भने आउँदो सोमबार सुनाउने छ । त्यतिञ्जेलसम्मका लागि उनलाई सैनिक हिरासतमा पठाइएको छ । उनलाई अदालतले दोषि ठहर गरे लगत्तै समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन् । ujyaaloonline

The post भारतीय धर्मगुरु बलात्कारी ठहरिएपछि तनाव, २८ को मृत्यु, २५० घाइते appeared first on Taja nepali news.

http://ift.tt/2wbcs5I

from SHYANE http://ift.tt/2gcnW4U
via IFTTT
25 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top