Photo of Milford Sound in New Zealand

अभिनेत्री रेखा थापाले भदौ पाँच गते बुवाको मुख हेर्ने दिन ३४ औँ जन्मदिन मनाएकी छिन् । काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्दै रेखाले आफ्नो जन्मदिन मनाएकी हुन् । परिवारसँगै केही निकट सिनेकर्मी र पत्रकारहरुको उपस्थितमा रेखाले ३४ वर्षको केक काटेकी हुन ।
रेखाको जन्मदिन विशेष कार्यक्रममा अभिनेता आर्यन सिग्देल श्रीमती सपना भण्डारीसँग पुगे । त्यस्तै शुष्मा कार्की, आर्यन अधिकारी र केही रंग पत्रकारहरुको उपस्थिति रेखाको जन्मदिन कार्यक्रममा थियो ।

रेखा थापाको जन्मदिनको विशेष आकर्षण भने श्रीमतीकै अगाडि आर्यनको रेखासँगको नृत्य र रेखा थापा मिस कोशीमा भाग लिँदाको प्रसंग बन्यो ।
कार्यक्रममा रेखाकी आमा सरस्वती थापाले रेखाले तीन सय रुपैयाँ चोरेर अहिले यो स्थानमा भएको बताईन् । खास कुरा अभिनेत्री हुनु अगाडि नै रेखाले मिस कोशीको टाईटल जितेकी थिईन् । रेखाकी आमाले मिस कोशीमा भाग लिनको लागि छोरीले घरबाट तीन सय रुपैयाँ चोरेर गएको बताईन् । बुवाले छोरी सानै भएका कारण यस प्रतियोगितामा जान नहुने भनेपछि रेखाले आफै यो कदम उठाएकी थिईन् ।

तीन सय रुपैयाँले मिस कोशीमा भाग लिन पुगेकी रेखाले तीन सयको बदला मिस कोशीको टाईटल र पुरस्कार स्वरुप ५० हजार रुपैयाँ सहित अन्य उपहार लिएर आउँदा परिवार निकै खुसी भएको सरस्वतीले बताईन् ।
त्यस्तै श्रीमतीसँग पुगेका आर्यन सिग्देल रेखा थापासँग सिनेमा ‘रुद्र प्रिया’को प्रमोशनल गीत ‘चिरबिर चिरबिर’मा नाच्नु पनि रेखाको जन्मदिन पार्टीको आकर्षण बन्यो । source:gufgaf

The post अभिनेत्री रेखा थापाले तीनसय रुपैया चोरेको खुलासा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2imHggJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top