काठमाडौं, ८ भदौ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई बेलायतले भिसा नदिएको खबर बाहिरिएको छ । साम्राज्ञीलाई भिसा नलाग्दा अभिनेत्री झरना थापालाई भने राहत मिलेको छ। झरनाले पहिलोपल्ट निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर–२’ मा साम्राज्ञीले प्रमुख भुमिकामा अभिनय गरेकी छिन्।
भदौ–१६ मा रिलिज हुने फिल्मको पब्लिसिटीको समयमा साम्राज्ञीले रेनशा बान्तवा राईले निर्देशन गर्ने फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को सुटिङका लागि लन्डन जाने तयारी गर्दा चिन्तामा रहेकी झरनालाई राहत मिलेको हो । फिल्म प्रचारका लागि देश–दौडाहामा जाँदा साम्राज्ञी अनुपस्थित हुँदा प्रचारप्रसार खल्लो हुने डर उनलाई थियो । साम्राज्ञीको भिसा नलाग्दा राईको फिल्मको सुटिङ रोकिएको छ ।
साम्राज्ञी एउटै फिल्मबा रातारात स्टार बनेकी छन् । करिब डेढवर्षअघि उनले अनमोल केसीको जोडी बनेर ‘ड्रिम्स’ खेलेकी थिइन्। त्यसयता उनको कुनै फिल्म रिलिज भएको छैन ।medianp
The post जब साम्राज्ञीलाई बेलायतको भिसा लागेन ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2wqCc0l
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.