Photo of Milford Sound in New Zealand

महेन्द्रप्रसाद पोखरेल दोहा । करिब चारलाख बढी नेपालीहरुको रोजगार स्थल कतारले नेपालका बाढी पीडितलाई सहयोग गर्ने भएको छ।नेपालमा गतसाल गएको विनाशकारी भूकम्पमा उल्लेख्य सहयोग गरेको कतारले यस बर्षको प्राकृतीक प्रकोप बाढी पीडितलाई सहयोग गर्ने भएको छ। नेपालका बाढी पीडितलाई कतारको अन्तर्राष्ट्रिय मानव कल्याणकारी संस्था रेड कृषियन्टले दुईलाख पचासहजार अमेरीकी डलर सहयोग गर्ने घोषणा गरेको हो।

उक्त संस्थाले आफ्नो आधिकारीक फेसबुक मार्फत उक्त सहयोगको घोषणा गरेको हो। उक्त संस्थाले विज्ञप्ति जारी गर्दै बाढी प्रभावितको पुनस्र्थापनाका लागी क्यु डीडीसी फण्ड फर डेभलपमेण्ट सँग सहकार्य गर्ने समेत घोषणा गरेको छ। बाढी पीडितको सहयोगका लागि भोलि बुधबार एक विशेष प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

कतार स्थित रेड कृषियन्टका कार्यकारी निर्देशक युसुफ अल सादा सँग उनकै कार्यकक्षमा सामाजिक अभियन्ता तथा राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक बरिष्ठ व्याक्तित्व प्रोफेसर रमजान अलि मियाँको नेतृत्वमा भएको भेटमा उक्त संस्थाका निर्देशक सादाले उक्त जानकारी दिएका थिए।

उक्त भेटमा महिला समाज कतारकी अध्यक्ष सुस्मिता भुसाल, प्रवासी मञ्चका अब्दुल हाफिज मियाँ,व्यवसायि मुक्तदा मुसलमान, राष्ट्रिय लोक दोहोरी गायिका देविका केसी ,एभरेष्ट युथ क्लबका अध्यक्ष उत्तम गुरुङ लगाएतको उपस्थीती रहेको थियो।

The post कतारले देखायो नेपाल प्रतीको माया : नेपालका बाढी पीडितलाई ठुलो रकम सहयोग… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vZpumE
via IFTTT
22 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top