Photo of Milford Sound in New Zealand

बेलायतमा उडिरहेको एउटा विमानमा एक जोडीले यौन सम्पर्क गरेको समाचार सार्वजनिक भएको छ । म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको एउटा विमानमा सो घटना भएको हो। यौन सम्पर्कअघि सो जोडी मदिरा सेवन गरेको बताइएको छ । ती युवा युवती पति–पत्नी वा प्रेमी प्रेमिका को हुन् भन्ने बारेमा केही खुलेको छैन । छेउमा रहेका यात्रुलाई अर्काेतिर फर्कन भन्दै उनीहरू यौन सम्पर्कमा लिन भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको ¥यान एयरको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेको तस्बिर अहिले भाइरल बनेको छ । समाचार एजेन्सीहरूका अनुसार सोही उडानमा रहेका एक यात्रुले उक्त दृश्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् ।उनीहरूको गतिविधिबारे विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको यात्रुहरूको भनाइ छ । विना हिच्किचाहट उनीहरू यौन सम्बन्धमा लिप्त भएपछि यात्रुहरू लाजले भुतुक्क भएका थिए ।

The post मदिरा सेवनपछि उडिरहेको विमानमा यौनसम्पर्क, यात्रुहरू लाजले भुतुक्क appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x7Cwik
via IFTTT

0 comments:

Post a Comment

add

 
Top