Photo of Milford Sound in New Zealand

विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई नेपाल भित्र्याउन युनिसेफ, नेपालले प्रयास सुरु गरेको छ।

दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूइँचालोबाट थलिएको ८ जिल्लामा हाल युनिसेफको मातहतमा रहेर मेसीको लिओ फाउन्डेसनले १४ वटा स्वास्थ्य चौकी निमार्ण कार्यलाई तिब्रता दिएको छ। निमार्ण कार्य यही अगस्टको अन्त्यमा सम्पन्न हुँदैछ।

मेसी फाउन्डेसनले निमार्ण गरेको स्वास्थ्य चौकीको उद्घाटनका लागि युनिसेफले मेसीलाई निम्तो दिएको हो। युनिसेफ नेपालकी सञ्चार प्रमुख रुपा जोशीले सेतोपाटीलाई जानकारी दिँदै भनिन्, ‘हाम्रो चाहना मेसीले नै आफ्नो योजनाको उद्घाटन गरुन् भन्ने हो। यसको लागि पत्र पठाएका छौं।

विश्व कप छनोटमा अर्जेन्टिनाको कमजोर स्थिति, स्पेनिस लिगको नयाँ सिजनको सुरुवात र नेइमारले बार्सिलोना छोडेको अवस्थामा मेसीलाई नेपाल आउने ‘सेड्युल’ मिलाउन निकै गाह्रो छ। तर, आफूले नेपालमा उनको चुलिँदो लोकप्रियता र सामाजिक कार्यमा उनको सक्रियता देखेर नेपाल आउन अनुरोध गरेको जोशीले बताइन्।

‘हाम्रो चाहना छ, उनले नै स्वास्थ्य चौकीको उद्घाटन गरुन्। यो सम्भव नभएको खण्डमा भिडियो कन्फ्रेन्सिङमार्फत भए पनि उद्घाटन गराउने प्रयास गरिरहेका छौं,’ उनले भनिन्।

मेसी फाउन्डेशनले दोलखामा ४, गोर्खा, काभ्रे र धादिङमा २–२, नुवाकोट, ललितपुर, रामेछाप र सोलुखुम्बुमा १–१ वटा गरी कूल १४ वटा भूकम्प प्रतिरोधात्मक स्वास्थ्य चौकी निमार्ण गरिरहेको छ।

फाउन्डेशनले स्वास्थ्य चौकी निर्माणका लागि करिब ५१ करोड रुपैयाँ युनिसेफलाई प्रदान गरेको थियो। युनिसेफमा मेसी फाउन्डेशनको प्रोजेक्ट अवलोकन गरिरहेकी आशा पुनःले स्वास्थ्य चौकी निमार्ण सक्ने अन्तिम मिति सेप्टेम्बरसम्म भए पनि आफूहरुले त्योभन्दा अगाडि समाप्त गरिसक्ने बताइन्।

‘युनिसेफले सुरु गरेको ७४ स्वास्थ्य चौकी निमार्ण कार्यमा मेसी फाउन्डेशनको भागमा १४ वटा परेको छ। यो हामी निर्धारित समयभन्दा अगाडि नै समाप्त गरिसक्छौं होला,’ पुनःले सेतोपाटीसँग भनिन्।

मेसी फाउन्डेशनले नेपालमा निमार्ण गरिरहेको स्वास्थ्य चौकी

दोलखा– ४ वटा– दोलखा, सुनखानी, लडुक, पावती
गोर्खा– २ वटा– र्डाबुङ, मजुवादेउराली
धादिङ– २ वटा– सल्यानटार, नालाङ
काभ्रे– २ वटा– देवभूमी, गौरी बिसाउने (देवपुर)
ललितपुर– १ वटा– दालचौकी
रामेछाप– १ वटा– उक्रेनी
सोलुखुम्बु– १ वटा– थाप्लुङ
source:setopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ulmcwB
via IFTTT
08 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top