Photo of Milford Sound in New Zealand

भारत आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकीकरण र विस्तार गरिरहेको छ र उसको परमाणु तयारीको निसानामा अब पाकिस्तान नभएर चीन रहेको छ । संसारका परमाणु कार्यक्रममाथि निगरानी राख्ने अमेरिकाका दुई परमाणु विशेषज्ञले एक रिपोर्टमा यो दाबी गरेका हुन् ।

डिजिटल जर्नल ‘आफ्टर मिडनाइट’मा छापिएको यो रिपोर्टमा ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नोरिसले भारत अब लामो दूरीसम्म मार हान्ने परमाणु बम बनाउन व्यस्त रहेको र यसले दक्षिण भारतदेखि चीनको कुनै पनि भागमा प्रहार गर्न सक्ने दाबी गरेका छन् ।

भारतले परमाणु बम बनाउन प्रयोग गरिने करिब ६ सय किलोग्राम प्लुटोनियम तयार गरिसकेको अनुमान उनीहरूको छ । परमाणु वैज्ञानिकले यति प्लुटोनियमले १ सय ५० देखि २ सयसम्म बम बनाउन पर्याप्त हुने बताएका छन् ।

यी दुवै विशेषज्ञले भनेका छन्, ‘परमाणु बम खसाउने लडाकु विमान र मिसाइलका बारेमा उपलब्ध जानकारीका आधारमा हाम्रो अनुमान छ कि भारतले १ सय २० देखि १ सय ३० को संख्यामा परमाणु बम बनाइरहेको छ ।’ तर भारत अब अलगअलग दूरीसम्म मार हान्ने केही परमाणु मिसाइल बनाउन लागेको छ ।

मुम्बईनजिकै रहेको एक परमाणु रिएक्टरमा प्लुटोनियम तयार गरिन्छ र अब कथित रूपमा प्लुटोनियमका लागि दुई अतिरिक्त रिएक्टरको निर्माणसमेत भइरहेको छ । विशेषज्ञले कलपक्कम परमाणु प्लान्टको इन्दिरा गान्धी सेन्टर फर एटोमिक रिसर्चमा फास्ट ब्रिडर रिएक्टर बनाएपछि भविष्यमा परमाणु बममा प्रयोग हुने प्लुटोनियम तयार गर्ने भारतको क्षमतामा धेरै वृद्धि हुनेछ ।

अमेरिकाका यी परमाणु विशेषज्ञले यस लेखमा भारतको परमाणु कार्यक्रम पारम्परिक रूपमा पाकिस्तानलाई परमाणु हमलाबाट रोक्नका लागि केन्द्रित रहेको तर अब भारतले विकास गरिरहेको परमाणु कार्यक्रमको विस्तार र आधुनिकीकरणले उसको प्राथमिकता अब पाकिस्तान नभएर चीन भएको संकेत मिल्ने उल्लेख गरेका छन् ।

एक शोधकर्ताले चीनका कुनै पनि परमाणु हमलाको जवाफ दिने हैसियत बनाउनका लागि भारत आगामी दिनमा अधिक प्रभावकारी र व्यापक रणनीतिमा रहेको बताएका छन् । ह्यान्स एम क्रिस्टेन्सेन र रोबर्ट एस नोरिसले यो लेखमा परमाणु बम खसाल्नका लागि भारतसमक्ष यो समयमा सात प्रकारका रक्षा प्रणाली प्रयोगमा रहेको र यिनीहरूमा दुई युद्धक विमान जगुवार र मिराज २००० रहेको उल्लेख गरेका छन् ।

रुसी लडाकु विमान सोखोई र मिग २७ का बारेमा पनि केही विशेषज्ञले परमाणु हतियारका लागि प्रयोग गर्न सकिने भए पनि यसको सम्भावना कम रहेको बताएका छन् । यसका अलवा भारतले अलग–अलग दूरीका लागि जमिनबाट जमिनमा मार हान्ने चार ब्यालिस्टिक मिसाइल बनाएको बताइएको छ । एक ब्यालिस्टिक मिसाइल समुद्रमुनि पनडुब्बीबाट लन्च गरिएको छ ।

पृथ्वी–२, अग्नी–१, अग्नी–२, अग्नी–३ परमाणु हतियारको क्षमता भएका मिसाइल रहेका छन् । यी परमाणु पहिले देखि नै भारतसँग रहेका छन् । भारतले अग्नी–४ को समेत परीक्षण गरिसकेको छ र यो चाँडैनै प्रयोगमा ल्याउनका लागि तयार हुने बताइएको छ । यो ब्यालिस्टिक मिसाइल ३ हजार ५ सय किलोमिटरको दुरी सम्म मार हान्न सक्छ ।

भारतको उत्तरपूर्वी क्षेत्रमा यसलाई तैनाथ गरिएमा बेइजिङ र सांघाईसहित पूरा चीन यसको रेन्जमा हुने दाबी गरिएको छ । भारतको रक्षा अनुसन्धान संस्थान डीआरडीओले पाँच हजार किलोमिटर दुरी सम्म मार हान्न सक्ने अन्तरमहादेशीय व्यालिष्टिक मिइसाइल अग्नी–५ को निर्माण गरिरहेको छ ।

हमलाका लागि अधिक दुरीको क्षमता हुनुका कारण अग्नी–५ लाई भारतका दक्षिण राज्यमा तैनाथ गर्न सकिने छm जहाँबाट चीनका कुनैपनि क्षेत्रमा मार हान्न सकिन्छ र चीनको जवाफी हमलाका लागि पनि धेरै दुरीमा हुनेछ ।

भारतले अग्नी–६ निर्माणको काम समेत सुरु गरेको रिपोर्ट छ । यसका बारेमा अहिले सम्म कुनै जानकारी भने छैन । तर सरकारको प्रेस इन्फरमेशन ब्युरो (पीआईबी) को वेबसाइटमा प्रकाशित लेखमा यो मिसाइल ८ हजार देखि १० हजार किलोमिटर सम्म मार हान्न सक्ने र यसलाई पनडुब्बी जनिम दुवै स्थानबाट लन्च गर्न सकिने दाबी गरिएको छ ।राजधानीबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tEknFK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top