Photo of Milford Sound in New Zealand

३१ असार, एजेन्सी ।

भारतको उत्तरपूर्वी राज्य असाममा भारी वर्षा पछि आएको बाढीको कारण ५२ जनाको मृत्यु भएको छ भने १७ लाख ५० हजार मानिस प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् ।

असाममा अवस्थित ३३ ओटा जिल्लामध्ये २६ जिल्लामा हाल बाढीको प्रभाव रहेको छ । असामका बाढी प्रभावित क्षेत्रका २९ हजार व्यक्ति १२३ ओटा शिविरमा बसोवास गर्दै आएका छन् ।

आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतमा पनि सो बाढीको पानीले जलमग्न भएको खबरहरुमा जनाइएको छ । प्रकोपको कारण ३२ ओटा बन्यजन्तुसमेत मरेका सरकारद्वारा सञ्चालित ‘अल इन्डिया रेडियो’लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् ।

थप प्रहरी बलको सहयोगबाट प्रभावित इलाकामा ९० चौपायाको भने उद्धार गरिएको छ । असाममा मनसुनी वर्षाको समयमा वर्षेनी बाढी क्षति पुग्ने गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uoNEbA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top