Photo of Milford Sound in New Zealand

काठमाडौं, २ साउन । दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा २’ को नयाँ गीत आगामी साउन ६ गते सार्वजनिक हुने भएको छ । सो जानकारी निर्माता दीपकराजले सोमबार बिहान पशुपतिनाथ दर्शन गरी फर्केपछि जानकारी गराएका हुन् ।

साउन ६ गते शुक्रबार बिहान ८ बजे ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक हुने भएको छ । ‘सबैले प्रश्न गर्नु भयो छक्का पञ्जा दुईको गीत कहिले आउँछ, यही साउन ६ गते शुक्रवार बिहान ८ बजे,’ दीपकले फेसबुकमा लेखेका छन् ।

साउनको पहिलो सोमबार बिहानै दीपकराज–दीपाश्री पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका थिए । पशुपतिनाथको दर्शन गर्न जाँदा दीपाश्रीले हातमा मेहेन्दी राखेर गएकी थिइन् । तर, उनले आफ्नो प्रेमीको नाम हातमा लेखेकी भने थिइनन् ।

जय शम्भो भन्दै उल्लेख गरेकी छन्, ‘कसैको नामको मेहन्दी होइन, आफ्नै कामको मेहन्दी … जय शम्भु’ भन्दै दीपाश्रीले ‘छक्का पञ्जा २ असोज ११’ भनेर लेखेकी छन् । medianp

http://ift.tt/2ti09Xf

from SHYANE http://ift.tt/2tZo1xr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top