Photo of Milford Sound in New Zealand

काठमाडौं : स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत हुनुभएको हो । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत हुनुहुन्छ।

हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोक्नुभएको थियो भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोक्नुभएको थियो ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिनुभयो । source:annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uKSLR3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top