Photo of Milford Sound in New Zealand

मुम्बई – करीना कपूर यतिबेला आफ्नो छोरा तैमुरको हेरचाहमा व्यस्त छिन् । उनी त्यही काम गर्छिन्, जुन काम उनलाई रमाइलो लाग्छ । उनी राम्ररी सुत्न समेत पाउँदिनन् । यसको कारण उनको छोरा तैमुर नै हुन् ।करीनाले एक भारतीय मिडियामा कुरा गर्दा यो स्वीकार गरिन् कि, यतिबेला कुनै पनि कुराको प्रेशर लिन ठीक होइन । अरु आमाजस्तै उनी पनि आफ्नो बच्चाको लागि रातभर जागा बस्छिन् भने त्यो कुनै तरिकाले नौलो होइन ।

उनलाई किन पनि चिन्ता छैन भने यो कुनै नौलो काम होइन । तर, उनका फ्यानले भने करीनाले गर्ने हरेक कुरालाई आफ्नो बच्चासँग जोड्ने गर्दछन् । करिनालाई अब आफ्नो फिल्मी करियर धरापमा परेको भन्ने अड्कल पनि आउने गर्छ तर उनी तैमुरको कारणले करियरमा कुनै असर नपर्ने जिकिर गर्छिन् ।

साथै उनले आफ्नो डार्क सर्कलको कारणले आफ्नो अनुहार बिग्रने सम्बन्धमा पनि चिन्ता नलागेको बताइन् । ‘मेरा लागि यो महत्वपूर्ण उमेर हो ।’, उनले अन्तर्वार्तामा भनेकी छिन् ।
उनले पहिलेदेखि नै चाहेअनुसार काम गर्ने बानीले गर्दा पनि आफूलाई यसबारेमा चिन्ता नलागेको बताइन् ।लोकान्तरबाट

http://ift.tt/2tg9ZZJ

from SHYANE http://ift.tt/2t4RGlX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top