श्रृजना आचार्य, काठमाण्डौ, ३ साउन । भक्तपुर स्थित एउटा दुई तलाको घर । जसको तल्लो तलामा रहेको एउटा सानो कोठा । जसमा तीन जना बिरामी अलग, अलग बेडमा पल्टिरहेका छन् । ती मध्ये एउटी हुन् २४ वर्षिया सरिता महर्जन । उनको करिब १५ दिन अघि शल्यकृया गरिएको छ । त्यो घाउ बेला बेलामा चहर्याउंछ । उनी घाउ सुम्सुम्याउंछिन अनि मुसुक्क हांस्छिन् ।
उनलाई त्यो घाउले शारिरीक रुपमा पीडा दिएको छ तर मानसिक रुपमा भने निकै खुसी । किनकी त्यो त्यस्तोे घाउ हो जसले कसैको ज्यान जोगाएको छ ।
अरु बाँकी हुन् उनका बुवा र आमा । बुवा हिराकाजी महर्जन र उनकी पत्नी मञ्जु । सरीता, मञ्जु र हिराकाजीकी माहिली छोरी हुन् । यो बसेको घरको कोठा पनि उनीहरुको होइन । उपचार सजिलो होस भनेर कोठमाण्डौ १२ लगनटोल स्थित आफ्नो घर छोडेर अस्पताल नजिकै भाडामा खोजेको कोठा हो ।
सामान्यतया आमा बुवा नै हुन छोराछोरीको छहारी । आमा बुवाको छत्रछांयामा छोराछोरी हुर्कीएका हुन्छन् । तर यहां सरिता यस्ती छोरी हुन जो आमाबुवाको सहारा बनेकी छन् ।
पांचवर्ष देखि अस्वस्थ्य उनकी आमाको घरमा भन्दा बढी अस्पतालमा बसाई हुन्छ । चार वर्ष अघि अचानक हर्ट अट्याक भएपछि उनको जीवनमा अस्वस्थता सुरु भयो । अनि शहिद गंगालाल अस्तालमा लगातार स्वास्थ्य जांच गराउंदै आएकी उनको त्यहाँका चिकित्सकले दुवै मृगौला समेत काम गर्न नसक्ने अवस्थामा पुगेको जानकारी दिएका थिए ।
“अहिले ममि हप्तामा दुई दिन अस्पतालमै बस्नुपर्छ, मृगौलाले काम नगर्ने भएकाले शरिरमा जम्मा भएको पानी अस्पतालमा चिकित्सकले मेसिनद्धारा निकाल्नुपर्छ, सरिता भन्छिन्, ४९ किजी तौलको आमा अस्पतालबाट फर्किदा ३५ केजिको भएर आउनुहुन्छ ।” आमाको यस्तो अवस्थाले परिवारमा सबैको जीवनमा प्रभाव परेको छ । बाँकि तल भिडियोमा हेर्नुहोस उनले सबै सामु हात जोडेर मागेकी छन् सहयोग :
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uB0bbQ
via IFTTT
0 comments:
Post a Comment