Photo of Milford Sound in New Zealand

साउदी अरव नेतृत्वको चार खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठकले कतार माथि थप नाकावन्दी नलगाउने र अहिले लगाइराखेको नाकावन्दीलाई निरन्तरता दिने निर्णय गरेको छ । इजिप्टको राजधानी कायरोमा बुधवार भएको बैठकमा ती मुलुकले कतार माथि अगाडि सारेका १३ बुँदे शर्त र त्यसमाथि कतारले पठाएको जवाफका बारेमा छलफल भएको थियो ।

कतारले पठाएको जवाफ नकारात्मक रहेको बिश्लेषण गरेको बैठकले थप नाकावन्दी भने नलगाउने निर्णय गरेको हो । ‘कतारले आफनो नीतिमा परिवर्तन नगरेसम्म राजनीतिक र आर्थिक बहिस्करण निरन्तर रहनेछ’ बैठकपछि साउदीका विदेशमन्त्री अब्देल अल जुवेइरले पत्रकार सम्मेलनमा भन्नुभयो । इजिप्टका विदेशमन्त्री शमेह सौक्रीले समग्रमा चार मुलुकको जवाफ नकारात्मक रहेको बताउनुभयो ।

नाकावन्दी खोल्न कतारसँग राखिएका शर्तका बारेमा कतारले कुवेत मार्फत पठाएको जवाफ सहितको पत्र चार मुलुकले बुधबार प्राप्त गरेका थिए । साउदी अरव,यूएइ,बहराइन र इजिप्टका विदेशमन्त्रीहरुको बैठकले कतार माथि दबाब बढाउने रणनीति बनाएको अन्तराष्टिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचारमा जनाइएका अनुसार चार मुलुकले कतार गम्भीर नभएको पाइएको उल्लेख गरेका छन ।
साउदी अरव नेतृत्वको चार खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठकले कतार माथि थप नाकावन्दी नलगाउने र अहिले लगाइराखेको नाकावन्दीलाई निरन्तरता दिने निर्णय गरेको छ । इजिप्टको राजधानी कायरोमा बुधवार भएको बैठकमा ती मुलुकले कतार माथि अगाडि सारेका १३ बुँदे शर्त र त्यसमाथि कतारले पठाएको जवाफका बारेमा छलफल भएको थियो । कतारले पठाएको जवाफ नकारात्मक रहेको बिश्लेषण गरेको बैठकले थप नाकावन्दी भने नलगाउने निर्णय गरेको हो ।

‘कतारले आफनो नीतिमा परिवर्तन नगरेसम्म राजनीतिक र आर्थिक बहिस्करण निरन्तर रहनेछ’ बैठकपछि साउदीका विदेशमन्त्री अब्देल अल जुवेइरले पत्रकार सम्मेलनमा भन्नुभयो । इजिप्टका विदेशमन्त्री शमेह सौक्रीले समग्रमा चार मुलुकको जवाफ नकारात्मक रहेको बताउनुभयो । नाकावन्दी खोल्न कतारसँग राखिएका शर्तका बारेमा कतारले कुवेत मार्फत पठाएको जवाफ सहितको पत्र चार मुलुकले बुधबार प्राप्त गरेका थिए । साउदी अरव,यूएइ,बहराइन र इजिप्टका विदेशमन्त्रीहरुको बैठकले कतार माथि दबाब बढाउने रणनीति बनाएको अन्तराष्टिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचारमा जनाइएका अनुसार चार मुलुकले कतार गम्भीर नभएको पाइएको उल्लेख गरेका छन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ushgT7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top