Photo of Milford Sound in New Zealand

काठमाडौं, १७ असार । अहिले चीन र भातकोबीचमा सिमा विवाद चुलिँदो अवस्थामा छ । सिक्किम क्षेत्रमा दुई देशबीच बढ्दो तानवले युद्धको खतरा निम्त्याएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीन र भारतसँग कति छ हवाई शक्ति ?

चीनको बायुसेनालाई पिपुल्स लिबरेशन आर्मी एयरफोर्सको नामले चिनिन्छ । सैन्य तथ्यांक राख्ने संस्था ‘ग्लोबल फायर पावर डटकम’का अनुसार चीनको वायुसेनासँग कुल २,९५५ एयरक्राफ्ट छन् । यसमा १२,७१ फाइटर एयरक्राफ्ट, १३८५ अटयक एयरक्राफ्ट, ७८२ ट्रान्सपोर्ट
चिनियाँ सेना

एयरक्राफ्ट, ३५२ ट्रेनर एयरक्राफ्ट, २०६ अट्याक हेलिकप्टर समेत गरी कुल ९१२ हलिकप्टर छ । जबकी भारतसँग ६७६ फाइटर एयरक्राफ्ट, ८०९ अट्याक एयरक्राफ्ट, ८५७ ट्रान्सपोर्ट एयरक्राफ्ट, १६ अट्याक हेलिकप्टर समेत गरी कुल ६६६ हेलिकप्टर छन् । ट्रान्सपोर्ट एयरक्राफ्टलाई छोड्ने हो भने हवाई शक्तिमा चीन भारतभन्दा धेरै अघि छ ।

थलसेनामा को बलियो ?

चीनको थलसेनालाई पीपुल्स लिबरेशन आर्मी ग्राउण्डेड फोर्सको नामले चिनिन्छ । लिबरेशन आर्मी ग्राउण्डेड फोर्ससँग ६,४५७ युद्धक ट्यांक, ४,७८८ लडाकु बाहन, १,७१० स्वचालित बाहन र १,७७० रकेट प्रोजेक्टर छन् । जबकी भारतसँग ४,४२६ युद्धक ट्यांक, ६,७०४ लडाकु बहान, २९० स्वचालित बहान र २९२ रकेट प्रोजेक्टर छन् । यही आधारमा भन्ने हो भने चिनियाँ सेना भारतीय थलसेना भन्दा बढी शक्तिशाली छ ।

भारतसँग चीनको भन्दा बढी एयरक्राफ्ट क्यारियर

चीनको पीपुल्स लिबरेशन आर्मीसँग एक एयरत्रलाफ्ट क्यारियर, ५१ युद्धपोत, ३६ विध्वंसक, ३५ लडाकु जाहाज, ६८ पनडुब्बी, २२० पेट्रोल क्राफ्ट, ३१ माइन वारफेयर पोत छन् ।
भारतिय सेना

चीनले बुधबार मात्रै सबैभन्दा खतरनाक युद्धपोत–०५५ लन्च गरेको थियो । भारतसँग तीन एयरक्राप्ट क्यारियर, १४ युद्धपोत, ११ विध्वंसक, २३ लडाकु जाहाज, १५ पनडुब्बी, १३९ पेट्रोल क्राफ्ट र ६ माइन वारफेयर पोत छन् । एयरक्राफ्टको मामलामा भने भारत चीन भन्दा अघि छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t4h2Ts
via IFTTT

0 comments:

Post a Comment

add

 
Top