Photo of Milford Sound in New Zealand

सुशिला संग्रौला

बिर्तामोड । छोडपत्र (डिभोर्स) पछि काजकिरिया कस्तो बिडम्बना । हाम्रो समाज अझै पनि १८औं शताब्दीमा रहेछ भन्ने पुष्टि भएको छ । अर्जुनधारा नगरपालिका निवासी ४८ वर्षीय देवीमाया पौडेल (ढकाल)–सँग भएको घट्नाले । गाउँ र समाज दवावमा पारेर देवीमाया पौडेल (ढकाल)–लाई जवरजस्ती छोडपत्र भएका श्रीमानको काजकिरिया गर्न लगाएका छन् ।

यहाँ गत जेठ २० गते उनका श्रीमान रुपप्रसाद ढकालको मृत्यु भएको र अर्जुनधाराका गन्यमान्य र केही समाजसेवी भनिने व्यक्तिहरुले उनलाई धम्क्याएर र समाजमा श्रीमानको किरिया नगर्ने मान्छे अछुतो मानिन्छ र त्यसले छोएको केही पनि चल्दैन भनेर बहिष्कार गर्नेसम्मका क्रियाकलाप भएपछि समाजको दवावमा उनले काजकिरिया गरेको बताउँछिन् ।

उनी भन्छिन्–‘मैले सुनेको सातदिनसम्म चुप लागेर बसें किन कि मेरो छोडपत्र भएको छ । छोडपत्र भएपछि मर्दा किरिया बार्नुपर्दैन भन्ने थियो । तर, यहाँका बुद्धीजीवी र नेताहरु भनाउँदाले मलाई तैंले छोएको केही पनि चल्दैन, तँलाई समाजले बहिष्कार गर्छ भनेर भन्न थाले अनि मे सातदिनदेखि काजकिरिया गर्न बाध्य भएँ, मलाई समाजले बाध्य बनायो ।’

यता एमाले नेतृत्व देवीमाया भट्टराई (भरखरै भएको स्थानीय निकायको निर्वाचनका लागि अर्जुनधारा नगरपालिकामा मेयरका लागि झण्डै टिकट पाएकी ) भन्छिन्–‘गलत त भएकै हो तर हाम्रो संस्कार अझै परिवर्तन भएको छैन, गाउँ हो र उनले छोडपत्रको कागज पनि देखाइनन् समाज यस्तै हो ।’

यता अर्की नेतृत्व तथा गएको असार १४ गतेकै स्थानीय तहमा महिलाको न्यायका लागि खडा भएर अर्जुनधारा नगरपालिका वडा नं. ७ बाट उम्मेदवारी पाएकी र जित्ने सम्भावना पनि भएकी सारदा भट्टराई भन्छिन्–‘उनलाई अन्याय त भएकै हो तर समाजले गरेको निर्णयका लागि कसैले केही भन्न सकेन उनले सातदिनपछि त्यही समाजको दवावमा छोडपत्र गरेका श्रीमानको काजकिरिया गरिन् हामी केही बोल्न सकेनौं ।’

देवीमायाको मात्र अपमान भएको छैन यहाँ । यहाँ त कानूनको पछि धज्जी उडाइएको छ । किन भने कानूनभन्दा माथि कोही पनि छैन र कानुनकै निर्णयको पनि उल्लंघन भएको छ । उनलाई गाउँ समाजका कुनै पनि व्यक्तिले तैंले किरिया गर्नुपर्दैन, छोडपत्र भएपछि सकिन्छ भन्ने मान्छे कोही पनि निस्केन कि जहाँ बुद्धीजीवी र राजनीतिज्ञहरुको जमात भएको ठाउँमा अझ उनलाई हाम्रो घरमा नआइज तैंले लोग्नेको किरिया गरेकी छैनस्, हाम्रो घर अपवित्र हुन्छ भनेर सबैतिर छिछि र दुर्दुर गर्न थालेका थिए उनले भनिन् ।

उनले बारम्बार मैले छोडपत्र गरिसकेकी छु, भन्दासम्म धर पाइनन् । कुनै पनि स्वास्नी मान्छेले आफ्नो श्रीमानसँग छोडपत्र भएको छ भन्दैन । उनीलाई किरिया गर्न बाध्य बनाइयो र उनी बाध्य भएर गरिन् ताकि ८० वर्ष नाघेकी आमालाई समाजले तेरी छोरीले लोग्नेको किरिया गरेकी छैन भनेर भन्न थाले र आमा पनि मलाई के गरेकी छोरी किरिया गर भनेर रुन थालेपछि बाध्य भएर गरें किरिया गरें –देवीमायाले भनिन् ।

२०४२ सालमा सुर्खेत जर्वुटा गाविस १ निवासी रुपप्रसाद ढकालसँग हिन्दु परम्परा अनुसार उनको विवाह भएको थियो । दुई छोरीहरुको जन्मभयो त्यसपछि दुई छोरी र देवीमायालाई छाडेर सुर्खेत गएको फर्केर नआएपछि माइतमा आफ्नी आमासँग दुई छोरीको लालनपालन गरेर बसें देवीमाया बताउँछिन् ।

उनी भन्छिन्–‘लामोसमयसम्म नआउँदा खोज्न गएकी थिएँ, त्यहाँ जाँदा त उसले अर्कै घरजम गरेर बसेको रहेछ, उतापट्टी पनि छोराछोरी जन्मिएका रहेछ । केही दिन बसें तर सैता र लोग्नेले दुःख दिएपछि म फर्केर फेरि आएँ ।’

उनले भनिन्–‘उसँग मेरो अब घरबार नहुने भएपछि मैले छोडपत्रका लागि जिल्ला अदातल झापामा मुद्दा हालें । तर यहाँबाट नहुँदो रहेछ र जिल्ला अदालत झापाले मलाई सुर्खेतको जिल्ला अदालत पठाई दियो र २०७१ साउन १७ गते सुर्खेत अदालतले छोडपत्रको फैसला सुनाएको थियो ।’ छोडपत्रको कागजात यसैसाथ संलग्न गरएको छ ।
श्रोत : हाम्रो कुरा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tZBVRk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top