Photo of Milford Sound in New Zealand

काठमाडौं, असार २६ – अभिनेत्री पूजा शर्माले मधुमासबाट सिनेमामा डेब्यु गरेकी हुन् । पहिलो सिनेमाबाट खासै राम्रो प्रतिकृया र सफलता नपाएकी उनले त्यसपछि अझै पनि, चङखे सङखे पङखेमा काम गरिन् । उनलाई यी दुई सिनेमाले केही मात्रामा चर्चामा ल्याए । तर उनको सफलता भने औसत रह्यो । उनले जब सिनेमा प्रेमगीतमा काम गरिन् उनी नेपाली सिनेमा उद्योगकी लभर गर्लको रुपमा स्थापित भइन् । बच्चादेखि बुढासम्म सबैको मन पर्ने नायिका बनिन् । प्रेमगीतले उनलाई दर्जनौँ सिनेमामा काम गरेर पाएको सफलता बराबरको सफलता दियो ।

प्रेमगीतको सफलताबारे कुरा गर्दै उनी भन्छिन्, ‘मलाई एउटा उदाहरणीय सिनेमा खेल्न मन थियो । दर्पणछायाँ नेपालमा सबैभन्दा धेरै कमाउने पहिलो सिनेमा हो र यसलाई कसैले पनि बिर्सेको छैनन । यो सबैको मन पर्ने सिनेमा बन्यो । यस्तै अविस्मरणिय, बच्चादेखि बुढा सबैले मन पराउने सिनेमा खेल्ने ह्याङ थियो म मा । त्यो प्रेमगीतले पूरा गरिदियो । यो मेरो जीवनकै ठूलो सफलता हो ।’

अहिले भने पूजा प्रेमगीतको टिममा छैनन् । तर यो सिनेमाका धेरै यादहरु छन् जसलाई उनी बिर्सन सक्दिनन् । जस मध्येको एउटा याद हो सिनेमाको छायाकंन । विगतका कुनै पलमा तपाईँ फेरि फर्किन चाहनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘मिल्ने भए म फेरि स्कुलका दिनहरुमा, बाल्यकालमा फर्किन्थे । त्यस्तै प्रेमगीत छायाकंन गर्दाका ती दिनहरुमा पनि फेरि फर्किन पाए, आहा भन्ने लाग्छ ।’

प्रेमगीतपछि पूजाले अभिनय गरेको सिनेमा म यस्तो गीत गाउँछु असार ३० मा रिलिज हुँदैछ । यस सिनेमामा पूजासँगै पलले अभिनय गरेका छन् । म यस्तो गीत गाउँछु लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने पूजा र सुदर्शनले सयुंक्त रुपमा यसलाई निर्माण गरेका हुन् । सिनेमाको प्रमोशनको क्रममा हामीले उनीसँग भिडियो कुराकानी गरेका छौँ । जसमा उनले अन्य केही गोप्य कुराहरु पनि सेयर गरेकी छिन् । हेर्नुहोस् भिडियो ।


forseenetwork

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tG0csS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top