काठमाडौँ : नारायणी नदीमा २४ घण्टा यतादेखि परेको निरन्तर बर्षाका कारण पानीले सिमा नाघेको छ। पानीको सतह बढेसँगै बाढी, पहिरो र भू–क्षय जाने खतार बढेकाले सतर्क रहन स्थानीयलाई सूचना गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको पन्चासे स्टेशनमा राखिएको मेसिनले एक सय ६५ दशमलव ४० मिलिलिटर पानी नापे पछि खतराको संकेत दिएको विभागका बाढी पूर्वनुमान शाखा प्रमुख राजेन्द्र शर्माले जानकारी दिनुभयो।
नारायणी नदीको शिर तर्फ पर्ने यो क्षेत्रमा २४ घण्टामा एक सय ४० मिलिलिटर भन्दा कम पानी पर्नु पर्ने भए पनि २६ मिलिलिटर बढी पानी परेकाले खतारा समेत उत्तिकै भएको विभागको भनाइ छ। पन्चासे स्टेशन पोखराको लुम्ले आसपास भएकाले यस क्षेत्र धेरै पानी पर्ने स्थान हो। बाढी पूर्वनुमान शाखाले खोला आसपासका बासिन्दालाई सतर्क रहन जानकारी दिएको छ। शनिबार ६ बजेदेखि आइतबार ५ बजे सम्ममा एक सय ६५ दशमलव ४० मिलिलिटर पानी परेर खतराको संकेत देखाएको हो।
एक घण्टामा ६०, तीन घण्टामा ८०, ६ घण्टामा एक सय र १२ घण्टामा एक सय २० मिलिलिटर भन्दा बढी पानी परेमा खतरा मानिन्छ। विभागले धेरै पानी पर्ने स्थानहरुमा मेसिन राखेर पूर्वसूचना देखि वास्तविक समयको पानीको मापन तथ्याङक समेत लिई सतर्कता अपनाउदै आएको छ।
विभागले नापेको देशको विभिन्न क्षेत्रको ८० स्टेशन मध्ये शनिबार ६ बजे देखि २४ घण्टामा पश्चिम राप्तीको लिवाङगाउँमा एक सय ८, धादिङमा एक सय १०, घलेखर्कमा ९२, वागमती सुन्दरीजलमा ८१ र कोशीमा ७९ मिलिलिटर पानी परेको छ।annapurnapost.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sDNQA9
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.