Photo of Milford Sound in New Zealand

एजेन्सी । कुनै पनि स्थानमा सबै धनी हुनु सम्भव कुरा होइन । हरेक समाजमा कोही धनी कोही गरिव र कोही मध्यम हुन्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ चीनमा एउटा यस्तो गाउँ छ जहाँ हरेक मानिस करोडपति छ । २ हजार जनसंख्या भएको चीनको जियाङ्ग्सुस्थित गाउँका सबै करोडपति छन् ।

यहाँको हरेक ब्यक्तिसँग आलिसान बंगला र कार पनि छ । यहाँ बनाइएका हरेक घरको मोडल एउटै छ । खासमा यो गाउँका सबै मानिस मिलेर संयुक्त बैंक खाता खोलेका छन् । जहाँ हरेक ब्यक्तिको नाममा ८५ लाख रुपैयाँ जम्मा गरिएको छ । यो पैसा संयुक्तरुपमा समानुपातिकरुपमा नै चलाउने गरिन्छ । बैंकले नै हरेक बासिन्दालाई तलव सुविधा समेत उपलब्ध गराउँछ ।

यहाँका मानिसहरु लाखौं तलव खान्छन् । चीनको यो मोडल भिलेजले संसारका विकशित सहरहरुलाई समेत टक्कर दिएको डेली मेलले जनाएको छ । हरेक मानिसलाई उस्तै अधिकार र सुविधा दिइएको कम्युनिष्ट चीनमा रहेको यो गाउँलाई आधुनिक कम्युनको एउटा रुप भन्दा पनि हुन्छ ।

तर यो गाउँका करोडपति बन्न एक शर्त छ । शर्त हो हरेक मानिस यो गाउँमै बस्दा मात्र उसको खाताको पैसामाथि दावी गर्न पाउँछ । उनीहरुको सम्पति पनि गाउँमा बस्दा मात्र उनीहरुको हुन्छ । गाउँ छोड्ने निर्णय गरेमा भने सबैकुरा छोडेर हिँड्नु पर्छ । अर्थात गाउँ छोडेको दिन उक्त ब्यक्ति कंगाल हुन पुग्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h98aYT
via IFTTT
28 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top