Photo of Milford Sound in New Zealand

डा कपिलमणि केसी अर्थोपेडिक सर्जन, सिभिल हस्पिटल

नेपालमा ढाड दुख्ने समस्या अधिकांश मानिसलाई हुने गरेको पाइन्छ । यो रोगबाट जवानदेखि बूढाबूढी उमेरका मानिस पनि यो समस्याबाट पीडित छन् । कुनै पनि घरमा ढाड दुख्ने समस्या नभएका मानिस भेटाउन मुस्किल छ । किन हुन्छ ढाड दुख्ने समस्या रु समाधानका उपायहरू के–के हुन सक्छन् रु भन्ने प्रश्नमा सिभिल अस्पतालका डा। कपिलमणि केसीको सुझाब यस्तो छ स्

जवान मानिसहरूलाई टेबलवर्क धेरै गर्दा ढाड दुख्ने समस्याले सताउँछ । दिनभर कुर्सीमा बसेर काम गर्दा हुने यस्तो समस्यालाई पोस्चुरल ब्याक पेन भनिन्छ ।

त्यस्तै ४०–४५ वर्षपछि ढाडका हड्डी खिइएर धेरैजसो मानिसलाई ढाड दुख्ने समस्याले सताउँछ । यसबाहेक कहिलेकाहीँ ढाडको हड्डी भाँचिएर पनि लामो समयसम्म ढाड दुख्न सक्छ ।

ढाडमा संक्रमण भएर पनि यस्तो समस्या हुन्छ । यसको मुख्य कारण मेरुडण्डको क्षयरोग हो । यसबाहेक कहिलेकाहीँ बाथको समस्याले पनि ढाड दुख्न सक्छ ।

शरीरमा भिटामिन डीको मात्रा ज्यादै नै कम भएमा पनि ढाड दुख्ने समस्या हुन सक्छ ।

धेरै नै बूढाबूढी मानिसको हड्डी निकै कमजोर भएर पनि ढाड दुख्न सक्छ । यसरी उमेर पुगेर हड्डी कमजोर हुने अवस्थालाई ओस्टियो पोरोसिस भनिन्छ ।

यी सबै कारणमध्ये हड्डी खिइने र पोस्चुरल ब्याक पेन नै ढाड दुख्ने मुख्य कारण हुन् ।

उपचार र सहजता
धेरै नै ढाड दुखेका वेलामा चिकित्सकको सल्लाहअनुसार एक हप्ताजति दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्छ । यसका साथसाथै आरामको पनि उत्तिकै आवश्यकता पर्छ ।

ढाडको एक्स रे गराएर ढाड दुख्ने कारण पत्ता लगाउनुपर्छ । यसो गर्दा माथि उल्लेख गरिएका कारणमध्येबाट कुनै एक वा सोभन्दा बढी कारण पत्ता लगाउन सकिन्छ ।

कहिलेकाहीँ एक्स रे गरेर रोग पत्ता नलागेमा एमआरआई पनि गराउनुपर्ने अवस्था आउँछ । धेरैजसो मानिसलाई हड्डी खिइएर ढाड दुख्ने हुनाले एक हप्ताको औषधि सेवनपछि फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ ।

आफूले सिकेको कसरत आफ्नै घरमा बसेर अनुशासित तवरले हरेक दिन लामो समयसम्म गर्न सक्नुपर्छ । यदि बीचैमा फिजियोथेरापी छोडेमा ढाड दुख्ने समस्या फेरि पनि बल्झिन सक्छ ।

यसबाहेक निहुरिएर, झुकेर लामो समयसम्म काम गर्नुहुँदैन । त्यस्तै झुकेर गह्रौँ वस्तु उचाल्नु हुँदैन ।

टेबलवर्क गर्ने मानिसहरूले ढाडको पोजिसन सीधा राखेर मात्र काम गर्र्नुपर्छ । यसो गर्दा शरीरको पोजिसन बिग्रिँदैन र ढाड दुख्ने समस्या पनि कम हुँदै जान्छ ।

कहिलेकाहीँ कम्मरमा लगाउने पेटी पनि उपयोग गर्न सकिन्छ । यसले ढाडलाई निहुरिन दिँदैन । जसले गर्दा ढाड दुख्ने समस्या कम गराउँछ । नयाँ पत्रिकाले छापेको छ ।

शरीरको तौललाई बढ्न नदिनु पनि ढाड दुख्ने समस्याबाट जोगिने उत्तम उपायमध्ये एक हो ।

क्याल्सियमयुक्त खाद्यपदार्थहरू जस्तै, दूध तथा दुग्धजन्य पदार्थ दैनिक सेवन गर्नु राम्रो हुन्छ ।

चिकित्सकको सल्लाहअनुसार क्याल्सियम र भिटामिन डी सेवन गर्दा पनि ढाड दुख्ने समस्या कम हुन सक्छ । सामान्यतया शरीरलाई चाहिने मात्रामा भिटामिन डी खाद्यपदार्थमा पाइँदैन । नियमित रूपमा बिहानको घाम ताप्ने बानी बसाल्दा पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । करिब ७० प्रतिशत मानिसहरूमा नेपालमा भिटामिन डी कम भएको पाइन्छ । यसकारण पनि चिकित्सकको सल्लाहअनुसार भिटिमिन डीको क्याप्सुल सेवन गर्दा राम्रो हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uK9Mdr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top