Photo of Milford Sound in New Zealand

हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ ।

बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।

अन्य भागमा पीडाछाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारोसास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडीपाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिनेलगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिनाकसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्नेमुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नुधेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।पञ्जाब केसरीबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tri4cr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top